गुल्मी उद्योग वाणिज्य सङ्घ द्वारा अन्तरक्रिया कार्यक्रम !

 

भदौ २३ गुल्मी ।

गुल्मी उद्योग वाणिज्य सङ्घले जिल्ला स्थित बैक ,वित्तीय संस्था तथा व्यवसायीहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वाणिज्य सङ्घको सभाहलमा सरकारले लिएको नयाँ करको अवधारण बारे व्यवसायीहरू सँग अन्तरक्रिया गरिएको हो ।

राजस्व शीर्षक मा भएका करको दर पछिल्लो समय बैङ्क बाट ऋण लिएका व्यवसायीले कसरी आफ्नो व्यवसाय अगाडी बढाउने र २० लाख भन्दा बढी ऋण लिएका व्यवसायीहरू अनिवार्य भ्याटमा जानु पर्न नयाँ व्यवस्था हुँदा कसरी पक्रिया पुरा गर्न भन्ने विषयमा व्यापक छलफल भएको गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव तारा प्रसाद भुसालले बताए ।