बाग्लुङ्गको प्रथम तिज महोत्सवबाट गुल्मी टिभिका संम्वाददाता खत्री सम्मानित 

बाग्लुङ्ग १७ भदौ ।।
बाग्लुङ्गको गलकोट नगरपालिका ७ मल्ममा स्थित नाच्ने डाँडा संरक्षण समाज सञ्चालन गरेको प्रथम तिज महोत्सवका अवसरमा साेमवार समापन समाराेहका बिच यस अनलाइन खवरका गुल्मी संम्वाददाता कौरव खत्री सम्मानित भएका छन् ।

आइतवार देखि शुर भएको प्रथम तीज महोत्सवको समापन समारोहमा गलकोट क्षेत्रबाट सञ्चार क्षेत्रबाट सहयोग पु¥याएको भन्दै यस टिभि तथा अनलाइन गुल्मी संम्वाददाता पत्रकार कौरव खत्रीलाई सम्मान पत्र मायाको चिनो र दोसल्लाले सम्मान गरिएको हो ।
गुल्मी जिल्ला मुसिकोट नगरपालिका २ मुसिकोट अमिले निवासी पत्रकार खत्रीले विगत ८÷१० बर्ष यता निरन्तर रुपमा रेडियो, पत्रपत्रिका,अनलाइन खवर र टेलिभिजन लगायतका सञ्चारमाध्यममा आवद्ध भई सक्रियताका साथ सञ्चार जगतमा निरन्तर रुपमा क्रियाशिल भई पत्रकारिता गदै आएका खत्रीले पछिल्लो समयमा बाग्लुङ्गको पश्चिम क्षेत्रबाट सक्रिय भई समाचार सम्प्रेषण गदै आएका छन् ।
“लोपोन्मुख कला संस्कृति हाम्रो शान, नाच्ने डाँडाको संरक्षण हाम्रो अभियान” भन्ने मुल नाराका आईतवार देखि सुरु भएको तीज महोत्सवमा अन्र्तगत खुल्ला एकल नृत्य तथा सामुहिक नृत्य र विभिन्न प्रतियोगिताहरु सञ्चालनसँगै सोमवार सम्पन्न भएको तीज महोत्सवमुल समारोह समितिका संयोजक कोपिला खड्काले जानकारी दिइन ।