सबै मिलेर तिजको मौलिक संस्कृतिलाई जोगाउनु पर्छ ः भण्डारी


कौरव खत्री ,गुल्मी १३ भदौ ।
गुल्मीको मुसिकोट नगरपालिका ३ तोलादी स्थित तोलादी प्राथमिक विद्यालयले आयोजनामा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न भएको छ ।
तिजगित कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिका गुल्मीका प्रमुख प्रशासकीय  अधिकृत नवराज भण्डारीले हाम्रो तीजको मौलिक संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्नेमा जोड दिए ।

साथै  अधिकृत भण्डारीले तिजगितका माध्यमबाट समाजका विकृति र विसङ्गगतिलाई अन्त्य गर्नु पर्ने भन्दै तजिले मनोरञ्जनसँगै सामाजिक तथा महिला विकासको लागि अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका वडा सदस्य गणेश कुँवर, सुवेदार शंकर रायमाझी, नेपाली काग्रेस मुसिकोट नगरपालिकाका छाँया सरकार प्रमुख झविलाल भण्डारी, नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ देउरालीका प्रधानाध्यापक सुरेन्द्र नेपाली, जनजगृति माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ३ चौरका प्रधानाध्यापक रामप्रसाद आचार्य, सञ्चारकर्मी कौरव खत्री,लगायत शिक्षाप्रमी,कलाप्रमी,समाजसेवी महिला,युवा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम ५ समूहको सहभागिा रहेको खुल्ला तिजगित प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ३ मैदान प्रथम,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ देउराली द्धितीय र जनजागृति माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ३ चौर तृतीय भएका छन् ।
त्यस्तै बिहानी बाल क्लव मुसिकोट नगरपालिका ३ मैदान सान्त्वना भएको छ भने आयोजक तोलादी प्राथमिक विद्यालयल मुसिकोट नगरपालिका ३ तोलादी उत्कृष्ट भएको छ ।
विजेता सबै समूहहरुलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा  विद्यालयलाई आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम तोलादी प्राथमिक विद्यालयल मुसिकोट नगरपालिका ३ तोलादीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसान मल्लको अध्यक्षता तथा मुसिकोट नगरपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तोलादी प्राथमिक विद्यालयल मुसिकोट नगरपालिका ३ तोलादीका प्रधानाध्यापक मधु मल्लको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सोही विद्यालयका शिक्षक अर्जुन परियारले गरेका थिए ।