सुख्खा पहिरोले कालीगण्डकी करिडोर एकतर्फी संचालन

सुमन महतरा, गुल्मीः

कालीगण्डकी करिडोरमा पहिरो खसेको छ।

आइतबार कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनी पुर्तिघाट सडकखण्डको राक्सेमा माथिबाट पहिरो खसेको हो । माथिबाट ठूलो पहिरो खस्दा केहीबेर सडक अवरुद्ध भएको र नेपाली सेनाको टोलीले पहिरो हटाएर एकतर्फी रुपमा गाडि संचालनमा ल्याएको बताइएको छ ।

पहिरोका कारण बुटबलदेखि बाग्लुङ कुस्मीसेरासम्म जाने र कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म ओहोर दोहोर गर्ने यात्रुलाई सास्ती भएको छ।