अरिङ्गालले टोकेपछि अस्पतालबाटै जीवन माग्दै विनिता !



हुमाकान्त पोखरेल ,गुल्मी भदौ २७ ।

अरिङ्गालले टोकेर अस्पतालमा भर्ना भएकी धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराकी विनिता कुँवरलाई आर्थिक अभाव भएको छ । यहि भदौ १२ गते फुपुको घरबाट घर फर्केर उनलाई घरभन्दा तल रिप भन्न ठाउँमा हिडिरेको अवस्थामा अरिङ्गालले टोकेको थियो । त्यसपछि स्थानीय दधिराम वि.क. ले परिवारलाई खबर गरेका थिए । उपचारका लागि तम्घास अस्पताल ल्याइएकी कुँवरलाई पाल्पा पठाइयो । पाल्पाको लुम्बिनी मेडिकल कलेजले थप उपचारको लागि बुटबल पठायो । अहिले उनको बुटबलस्थित गौतम बुद्ध सामुदायिक अस्पतालमा आइ.सि.यु. मा राखेर उपचार भइरहेको छ । तर लगातार आइ.सि.यु.मा राखेर उपचार गर्नुपर्ने भएकोले खर्च बढी हुन आएको हो । भदौ १३ गतेबाट आइ.सि.यु. मा राखेर उपचार भएपनि खाना खान पनि नसकेपछि १४ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तर नियमित रुपमा भेन्टिलेटर राख्दा इन्फेक्सन हुने र अर्को समस्या देखिने हुँदा २९ गतेबाट घाँटिमा भेन्टिलेटर जडान गरि उपचार हुने स्थानीय भेषराज अधिकारीले जानकारी दिए । ‘अस्पतालले घाँटिमा प्वाल पारी भेन्टिलेटर राख्नुपर्ने भन्छ उपचार खर्च धेरै लाग्ने भयो ।’ उनीसँगै रहेका स्थानीय भेषराज अधिकारीले भने, ‘त्यसैमाथि मृगौलामा पनि असर देखा परेको छ ।’ अरिङ्गालले टोकेपछि ंविनिताको मृगौलाको साथसाथै फोक्सोमा पनि घाउ भएको अस्पतालले जनाएको छ । अहिले उनको उपचारमा नियमित रुपमा डाइलोसिस् गरिदैँ आएको छ । अस्पतालका अनुसार अझै दुई महिना आइ.सि.यु. मै राखेर उपचार गर्नुपर्ने हुन्छ । अहिले आइ.सि.यु. मा राखेर उपचार गरेबापतको एक दिनको खर्च दुई हजार र भेन्टिलेटरको एक दिनको खर्च चार हजार छ । यसरी अन्य औषधी र रेखदेखबाहेक दैनिक ६ हजार खर्च हुँदा धेरै रकम लाग्ने अस्पतालले जनाएको छ । अस्पतालमा विनितासँगै रहेका उनका दाई प्रदिप कुँवरले अहिलेसम्म उपचारमा तीन लाख ८५ लाख खर्च भइसेको जानकारी दिए । यहि हिसाबले उनको उपचार अवधिभर १२ लाख भन्दा बढी खर्च हुने उनले बताए । दाई प्रदिपले बहिनीले अस्पतालभित्रै बहिनीले जीवन मागेपनि अस्पतालले पैसा मागेको तर त्यो सबै रकम आफुहरुसँग नभएकोले समस्या भएको बताए ।

बुबालाई डेङ्ग्यु
छोरीलाई अरिङ्गालले टोकेपछि उपचारको लागि गएका विनिताका बुबा टोप बहादुरलाई डेङ्ग्यु लागेको छ । उपचारका लागि सँगै गएका बुबालाई नै महामारी रोग ‘डेङ्ग्यु’ लागेपछि परिवारमा थप चिन्ता थपिएको छ । टोप बहादुरलाई पनि चार दिनसम्म अस्पतामा भर्ना गरिएको थियो । अहिले उनी बुटबलस्थित आफन्तकै घरमा छन् । टोप बहादुर रोजगारीको सिलसिलामा भारत जाने गर्दथे । तर पछिल्लो समय भारतमा पनि कमाई नभएपछि केहि बर्षदेखि घरमै खेति गर्दै आएका थिए ।
सहयोगको अपेक्षा
विनिताकी आमा सुनिता कुँवरले परिवारमा एकपछि अर्को समस्या थपिदा आउँदा आफुलाई झन पिडा हुने गरेको बताइन् । छोरीलाई बचाउन चाहेपनि रकम अभावले समस्या परेको उनको भनाई छ । ‘छोरीलाई पहिलेकै अवस्थामा देख्ने मन छ, तर आर्थिक कमजोर भएकोले समस्या भयो ।’ विनिताकी आमा सुनिताले भनिन, ‘जे गर्नु धनले नै गर्दो रहेछ ।’ उनले भएभरको सबै सम्पत्ति बेच्दा पनि छोरीको उपचार खर्च पुग्न नसक्ने गुनासो गरिन् । ‘छोरी ति बिरामी भईभई, श्रीमानलाई पनि महामारिले छोप्यो ।’ गहभरी आँशु झार्दै उनले भनिन्, ‘अब सबैलाई सन्चो हुने कामना गर्नुबाहेक मसँग केहि विकल्प छैन ।’ स्थानीय राजन के.सी.ले विनिताको उपचारमा सबैले सक्दो आर्थिक सहयाग गरिदिन आग्रह गरे । ‘राज्यले नागरिकको स्वास्थ्यको ग्यारेन्टी गर्न नसक्दा उपचारको लागि हात फैलाउनुपरेको हो ।’ उनले भने, ‘भोलि यस्तै समस्या जो–कसैलाई पर्न सक्छ ।’ परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले सबैले सहयोग गर्नुपर्ने उनले बताए । विनिता कुँवर धुर्कोट गाउँपालिका ४ जैसिथोक स्थित पाञ्चायन माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी हुन् । विद्यालयका प्रध्यानाध्यापक कृष्ण चन्द्र पन्थीले पनि सबैले आफुसक्दो सहयोग गरि विद्यार्थी विनिताको उपचारमा सहयोग गरिदिन अपिल गरे । यदि कसैले उनलाई सहयोग गर्न चाहेमा धुर्कोटमा रहेको सनराईज् बैंकको खाता नम्बर ०९१०५१३१०७२१४००१ मा रकम जम्मा गर्न सकिनेछ । त्यसका साथै वडाध्यक्ष मान बहादुर कुँवरको फोन नम्बर ९८५७०६४५४८, स्थानीय राजन के.सी.को नम्बर ९८५७०६७४६०, तम्घासमा हुमाकान्त पोखरेलको नम्बर ९८५७०४९३३३ र बुटबलमा भेषराज अधिकारीको फोन नम्बर ९८४७१५५०६४ मा सम्पर्क गरी सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता