अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भएको घटनाको वास्तवीकता हेर्नुहोस भिडियो सहित !



सुरज घिमिरे अर्घाखाँची

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासू र सालो घाइते भएका हुन्।

भुमिकास्थान नगरपालिका ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका( ८ लम्चीमा ससुरालीमा आएर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।

२, ३ वर्ष पहिलेदेखि श्रीमान श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका छन्। फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हेर्नहोस मोहन बस्नेतले तयार पारेको एक रिपोर्ट ।

https://www.youtube.com/watch?v=RoVbKzzGAZ8

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता