अर्घाखाँचीमा भाईरल ज्वरोको प्रकोप, जिल्ला अस्पताल अर्घाखाँचीमा भुइँमा राखेर उपचार !



सुरज घिमिरे ,सन्धिखर्क, २३ भाद्र ।

केहीदिन यता अर्घाखाँचीको सदरमुकाम स्थित जिल्ला अस्पताल अर्घाखाँचीमा भाईरल ज्वरोबाट प्रभावित बिरामिको चाप बढ्दै गएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीका अनुसार अहिले अस्पतालको ओपीडीमा अहिले दैनिक रुपमा २०० भन्दा बढी र इमरजेन्सीमा दैनिक १०० जनाको हाराहारीमा भाइरलका बिरामीहरू अस्पतालमा आउने गरेका छन् ।

१५ शैयाको अस्पताल रहेको जिल्ला अस्पतालमा अहिले बिरामी चाप ह्वात्तै बढेपछि बेडमा बिरामी राख्ने ठाउँ नभएर गल्लिमा राखेर उपचार गर्न बाध्य रहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए ।

दैनिक बिरामीको संख्या २०० सम्म बढ्दै जान थालेको र बेड खाली नभएपछि बिरामिलाई व्यवस्थापन गर्न नै हम्मे हम्मे पर्न थालेको तिवारीले बताए ।

अरु बेला दैनिक ओपीडी र इमरजेन्सीमा ५०देखि ८० जना बिरामी उपचारका लागि आउने गरेका थिए । तर, अहिले यो संख्यामा चार गुणाले बढेको हो । १५ सैयाको जिल्ला अस्पतालमा भुइमा र बेन्चमा गरी ४५ जना बिरामी भर्ना भएको उनले जानकारी दिए।

यस्तै जिल्लामा पछिल्लो समयमा भाइरल ज्वरोका विरामीको संख्या बढेकै कारण जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ।

जिल्ला अस्पताल सँगै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा समेत भाइरल ज्वरोका बिरामी आइरहेका छन् ।
जिल्ला अस्पतालमा आउने बिरामी मध्ये करिब ७० प्रतिशत बिरामी भाइरल जवरोका रहेको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले बताए ।

बर्षात र गर्मी मौसम हुनु, प्रदुषित पानी पिउनु, मौसम परिवर्तन र बर्षाको कारण बाढिले फोहोरबस्तु बगाउने र दुर्गन्ध फैलिने गरेको कारणले पनि अहिले भाइरलको प्रकोप बढी रहेको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता