अर्याल परिवारले दिए,भानु माध्यमिक विद्यालयलाई २ लाखको अक्षयकोष रकम



कौरव खत्री 
गुल्मी २९,माघ ।
बागलुङको एक विद्यालयको लागि अक्षयकोषको लागि २ लाख हस्तान्तरण गरिएको छ ।
बडिगाड गाँउपालिका ५ ग्वालिचौर स्थित भानु माध्यमिक विद्यालयको लागि गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ भर्माचौर निवासी समाजसेवी जीवन अर्यालका छोराहरु प्रकाश अर्याल र श्रीमती सावित्रा अर्याल, नारायण अर्याल श्रीमती सरस्वति अर्याल,छोरी सिर्जना अर्याल कंडेलले आफ्नी ममतामयी माता मनरुपा अर्याल र छोरा अर्चित अर्यालको स्मृतिमा विद्यालयका स–साना बालबालिका खेल तथा मनोरञ्जनात्मक सामग्री र दिवा खाजा व्यवस्थापनको लागि नगद रु। २ लाख वरवरको अक्षयकोषमा स्थापना गरेका छन् ।


हाल रोजगारीको शिलशिलामा अष्ट्रेलियामा कार्यारत रहेका समाजसेवी प्रकाश अर्याल र श्रीमति सावित्रा अर्यालले विद्यालयलाई रकम दिने घोषणा गरिएको भानु माध्यमिक विद्यालयका शिक्षक बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।
साथै समाजसेवी अर्यालले यसअघि नै सोही विद्यालयको लागि नगद रु। २५ हजार सहयोग गरिसकेका छन् । समाजसेवी अर्यालले सामाजिक रुपमा सहयोग गदै आएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता