अहिलेको व्यवस्थानै खतरा पर्न थाल्यो ः काँगे्रस नेता थापा



कौरव खत्री,बागलुङ १०मंसिर ।

नेपाली काँगे्रसका केन्द्रीय सदस्य गगन कुमार थापाले हामी पञ्चायत राजा र माओवादीसँग लडेर ल्याएको व्यवस्थालाई अहिले भने व्यवस्था नै खतरामा परेको बताए ।

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनको लागि नेपाली काँगे्रस बडिगाड गाँउपालिका २ वडा कार्य समितिले दनियाको चुनावी आमसभालाई संम्वोधन गरेर फर्कने क्रममा गुल्मीको वामीटक्सारमा कोणसभामा यस्ता बताएका हुन ।

साथै युवा नेता थापाले काँगे्रस पार्टीको स्थापना सिंहदरवारमा गएर सरकार चलाउनका निम्ति पार्टीको जन्म नभएको भन्दै विपि कोइरालाले हाम्रो धेय मार्फत जनताको शासन जनताकै प्रतिनिधिद्धारा गरिने शासन व्यवस्था स्थापना गर्नका लागि काँगे्रस पार्टी स्थापना गरेकोले यो व्यवस्थाले मात्र जनतालाई न्याय हुने र अँध्यारोबाट उज्यालो तर्फ लैजान पार्टीको स्थापना भएको बताए । ।

कोणसभामा सम्बोधन गदै युवा नेता थापाले देशको विकासको निम्ति सार्वजनिक शिक्षा बलियो हुनुपर्ने र सार्वजनिक शिक्षाको राम्रो विकास विना कुनै पनि देशको समृद्धि नहुने बताएका थिए ।

साथै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका युवा नेता थापाले सरकार तिन चौथाइको बने पनि केही फरक नपर्ने तर चुनावमा भाग लिने पार्टीले जित्ने र हार्ने चिन्ता विषय नभएको तर अहिलेको व्यवस्था नै खतरामा पर्न थालेको बताए ।

साथै सोही कार्यकता भेटघाट कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे,उपप्रमुख रेनुका काउछा, नेपाली काँग्रेस गुल्मीका जिल्ला सदस्य कल्पना घिमिरे, नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य गण्डकी थापा नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य गण्डकी थापा, नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य फम बहादुर खत्री,बडिगाड गाँउपालिका वडा नं. ५का वडाअध्यक्ष अर्जुन खरेल, सोही गाँउपालिका वडा नं. ६ का वडाअध्यक्ष मौसमकाजी क्षेत्री, वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङ,गलकोट नगरपालिका वडा नं. ३का वडाअध्यक्ष वीरजङ भण्डारी,नेपाली काँगे्रस मुसिकोट नगरपालिकाका छाँया सरकार संयोजक झविलाल भण्डारी लगायत नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाली काँगे्रस मुसिकोट नगरपालिकाका संयोजक शुदर्सन शाक्यको सभापतित्व तथा कार्यक्रमको सञ्चालन भने नेपाली काँगे्रस मुसिकोट नगरपालिकाका सचिव मोहन घिमिरेले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता