अहिलेको सरकार भन्दा राजा महेन्द्र राम्रो ः उपेन्द्र यादव



गुलाम अली

११ फागुन,कपिलबस्तु ।

संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपाले मुलुकमा लुट र चरम भाष्टचार ल्याएको आरोप लगाएका छन् । कपिलबस्तु मायादेबी गाँउपालिका १ पकडी राखीमा गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपाले दुई तिहाइको सरकारको आडमा चरम भ्रटाचार गरिरहेको आरोप लगाएका हुन् ।

उनले अहिलेको सरकार भन्दा राजा महेन्द्र जनताका लागि राम्रो भएको धारणा राखे । उनले भने, स्वर्गिय राजा महेन्द्रले भूमि सुधार ऐन ल्याएर गरिबहरुलाई आफनो हकअधिकार दिलाएका थिए तर, अहिलेको सरकारले वाइड बडी कण्ड, यति काण्ड, भ्रष्टाचार गर्ने काम मात्रै गरेको छ, उनले अगाडी थपे यस्ता भ्रष्ट कम्युनिष्टहरुले महेन्द्रको आलोचना गर्न सुहाउदैन । उनले संबिधानमा धेरै त्रुटि भएको भन्दै त्यसलाई सुधार गर्न नसकिए यो संबिधानको औचित्य नरहेको जिकिर समेत गरे ।

कार्यक्रममा स्वतन्त्र चुनाव जितेका कपिलबस्तुको शुद्धोधन गाँउपालिका अध्यक्ष निसार अहमद खाँ , नेपाल जनता पार्टी जिल्ला अध्यक्ष सुनिलकुमार पान्डेय , कासीनाथ पाठक , पे्रम नाथ तिवारी , मनोज यादव वडा अध्यक्ष लगायतले समाजवादी पार्टीमा प्रवेश गरका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता