‘आदेश आए १ महिनाभित्रै रेल गुड्छ’



फागुन १२ ।

भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ ।

यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ । आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौँ ।’ उनले भने ।

 

विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ । रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपैयाँ रकम विनियोजन गरिससकेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् । 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता