एनआइसी एसिया बैंकमा खाता हुनेले ‘सेल पे’मार्फत भुक्तानी गर्न सक्ने



एनआइसी एसिया बैंक र सेलपेबीच डिजिटल भुक्तानी सम्वन्धी सम्झौता भएको छ। सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो। सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे।

सेलपेको मोबाइल र वेभ एप्लिकेसनमार्फत अब एनआइसी एसिया बैंकका ग्राहकले आफ्नो खाताबाट रकम कटौती हुनेगरी बिजुली, खानेपानी, इन्टरनेट, टिभी, स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न सक्ने छन्। त्यस्तै अन्तरबैंक फण्ड ट्रान्सफरको सुविधा प्राप्त गर्न सक्नेछन्।

यस सम्झौतासँगै सेल पेमा बैंकका ग्राहकले आफ्नो खाता ‘लिंक’ गरेमा वेलकम बोनसको रुपमा १ सय रुपैयाँ बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्नेछन्।

लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन। यसका साथै विभिन्न बिल भुक्तानी गर्दा थप क्यास ब्याक अफर पनि यो सुविधामा उपलब्ध छ। सेल पे सर्भिस प्रयोगसँगै ग्राहकले छिटो छरितो रुपमा सेवा सुविधा उपयोग गर्न सक्नेछन्। जसबाट ग्राहकहरुको डिजिटल बैंकिङ्गको प्रयोगतर्फ आकर्षण र सक्रियता बढाउने बैंकको दावी छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता