काङ्ग्रेसको जागरण अभियान गुल्मीमा प्रभावकारी बन्दै !



डि.बि खड्का ,भदौ २९ गुल्मी ।

नेपाली काङ्ग्रेसले देशैभर सुरु गरेको १५ दिने दोस्रो जागरण अभियान गुल्मीमा प्रभावकारी बन्दै गएको छ । ‘हिमाल पहाड तराई मधेस नेपाली काङ्ग्रेस’ भन्ने मुलनाराका साथ भदौ २४ गते देखी सुरु भएको दोस्रो जागरण अभियानले जनतालाई राहत दिएको नेपाली काङ्ग्रेसको बुझाई छ ।

देशमा सङ्घीयता आइसकेपछि नागरिकले सरकारबाट भोग्दै आएका समस्या, महँगी, महिला हिंसा, बलात्कार, वाइड वडी काण्ड, भ्रष्ट्राचार तथा अनियमितता लगाएका विषयमा हरेक नागरिकलाई जानकारी गराउँदै गाउँ – गाउँमा रहेका कार्यकर्तासँगको भेटघाट लाई तीव्रता दिइएको क्षेत्र नम्बर दुई (क) का प्रतिनिधि महेन्द्र प्रसाद भण्डारीले बताए । महेन्द्र प्रसाद भण्डारीले  जिम्मा पाएको गुल्मी क्षेत्र नम्बर दुईको (क) बाट इस्मा गाउँपालिकाको वडा नम्बर दुई,तीन,चार,पाँच र छ त्यस्तै रेसुङगा नगरपालिका को वडा नम्बर चारमा जागरण अभियान सम्पन्न भएको छ । ईस्मा गाउँपालिका वडा नम्बर दुईको जागरण अभियान कार्यक्रम बाट नेकपा परित्याग गरी ६ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
क्षेत्र नम्बर दुईको (क) मा मुसिकोट नगरपालिकाका सबै वडाहरू रेसुङगा नगरपालिकाको वडा नम्बर तीन,चार,पाँच र इस्मा गाउँ पालिकाको वडा नम्बर एक बाकी रहेको नेपाली काङ्ग्रेसे जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता