खरी बाख्रा संरक्षण अभियानमा सत्यवती गाउँपालिका !



डि.बी खड्का ,मङसिर १० गुल्मी ।

गुल्मीको सत्यवती गाउँ पालिकाले स्थानीय खरी जातका बाख्रा संरक्षण अभियान थालेको छ । पछिल्लो समय उन्नत जातका बाख्राहरू प्रति किसानहरू आकर्षित हुन थालेको र खरी जातका बाख्रा लोप हुने अवस्था सृजना भए पछी गाउँ पालिकाले संरक्षण अभियान सुरु गरेको हो ।

गाउँ पालिकाको वडा नम्बर पाँच पम्फुका बाट अभियान सुरु गरिएको गाउँ पालिकाका पशु पंक्षी शाखा प्रमुख नारायण खनालले बताए ।

लाली गुराँस खरी बाख्रा संरक्षण अभियान समुह गठन गरी सामूहिक रूपमा अभियान सुरु गरिएको हो । किसानहरूलाई प्रशिक्षण दिनुका साथै खोर सुधारको लागी प्रति किसान पन्ध्र हजार र दुई वटा खरी जातका बोका वितरण गरिएको गाउँ पालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए ।

खरी जातका बाख्रा अत्यन्तै कमजोर व्यवस्थापन र चरिचरनमा निर्भर आहार हुँदा पनि रोगसँग लड्ने क्षमता २ वर्षमा ३ पटक ब्याउने , झन्डै ६०% ले जुम्ल्याहा जन्माउने सो मध्ये ९०% ले बच्चा हुर्काउन सक्ने क्षमता रहेको हुदँ बाख्रा पालन गर्ने सहज हुने पशु पंक्षी शाखा प्रमुख नारायण खनालले उल्लेख गरेका छन् ।

साथै खरि जातका बाख्रा संरक्षण अभियान गाउँ पालिकाका सबै वडाहरु मा सञ्चालन गरिने गाउँ पालिकाकले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता