खेलकुद कार्यालय द्वारा रेसुङ्गा क्याम्पसलाई खेलकुद सामाग्री हस्तान्तरण



डिबि खड्का ,माघ २८ गुल्मी ।

जिल्ला खेलकुद विकास कार्यालय गुल्मीले जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । क्याम्पसको ३७ औं वाषिर्क उत्सवलाई लक्ष्यित गर्दै क्याम्पसको अनुरोधमा खेलकुद कार्यालयले खेलकुद सामाग्री उपलब्ध गराएको हो ।


विद्यार्थीहरुको शारीरिक तथा खेलकुद विकासको निम्ति खेलकुद कार्यालयले खेलकुद सामाग्री उपलब्ध गराएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए ।

त्यस्तै यता रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिकाका अध्यक्ष राजेन्द्र श्रेष्ठले खेलकुद कार्यालय प्रती आभार प्रकट गरेका छन । “क्याम्पसको ३७ औं वार्षिक उत्सवलाई लक्ष्यित गरि प्रदान गरिएको खेलकुद सामाग्रीले विद्यार्थीको शारीरिक तथा खेल क्षेत्रको विकासमा मद्दत पुग्ने उनको भनाई छ “।
कार्यक्रममा जिल्ला स्थिति विभिन्न राजनीतिक दलका प्रतिनिधि ,क्याम्पस प्रमुख, विद्यर्थी ,पत्रकार लगायको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता