खेलकुद स्वास्थ्यका लागि मात्र नभई,असल संसकारका लागि पनि हो ÷ परराष्ट्रमन्त्री ज्ञवाली



डिबि खड्का गुल्मी ,माघ २२÷

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले खेलकुद स्वास्थ्यका लागि मात्र नभई असल संसकारका लागि पनि खेलकुदको आवस्यकतमा जोड दिएका छन,। बुधबार खेलकुद विकास समिति गुल्मीमा नव निर्मीत कभर्डहल तथा भवन समुदघाटन समारोहमा बोल्दै मन्त्री ज्ञवालीले आफ्ना छोराछोरिलाई एउटा असल संसकारमा राख्नको लागि शिक्षा को साथ साथै खेलकुद आवस्यक रहेको बताए ।

हामि समुदाय समुदाय बिभाजित हुन्छौं र साना कुरामा हामि अलग भएर बसेका हुन्छौं तर खेलाडिहरु कहिले अलग हुदैनन् खेलाडिमा भाईचारा र मित्रतामा बिस्वस्नियता रहने बताए । देशको छवि राम्रो बनाउनको निमित्त खेलकुदको बिकाश हुन जरुरि रहेको बताए र नेपालमा जलस्रोतको जस्तै खेलकुदमा पनि प्रचुर सम्भावना रहेको र यसका संरक्षणका निमित्त केन्द्र सरकारले जस्तै स्थानीय सरकारले पनि अन्य बाटो,खाने पानि बिधुत जस्तै खेलकुदको क्षेत्रमा बजेट बिनियोजित गरि खेलकुदको विकास गर्ने समेत आग्रह गरेका छन,।अहिले सरकारले खेलकुदलाई एक पालिका एक खेलकुद, हरेक प्रदेशमा रंगशाला बनाउने काम पनि तीव्रताका साथ सञ्चालन भएको बताए । त्यस्तै यता कार्यालय प्रमुख डिल्ली विश्वकर्माले भौतीक संरचनाको विकासले खेल क्षेत्रमा मद्दत पुग्ग्ने दावी गरेका छन् । सभाहलबाट आउने रकम खेल क्षेत्र र खेलाडीमा लगानी गर्ने उनको भनाई छ ।
भवन करिब ५० लाख लागतमा निर्माण भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता