गाउँकै क्याम्पसमा निःशुल्क अध्ययन् गर्न पाइने !



मनु सुनार ,भदौ ७ गुल्मी 

पछिल्लो समय शिक्षा महङ्गो र व्यवसायीक बनीरहेको पाइन्छ । जसका कारण समान्य आर्थिकस्तर भएका परिवारका बिद्यार्थीले माथिल्लो तहसम्मको अध्ययन् गर्न सकिरहेका हुँदैन् । माथिल्लो तहको शिक्षाका लागि महङ्गो मासिक शुल्क तिर्नुपर्ने हुन्छ ।

कतिपय अभिभावकहरुमा ग्रामिण क्षेत्रमा सञ्चालन भएका शैक्षिक संस्थाहरुमा गुणस्तरीय शिक्षा प्रदान् हुँदैन् । भन्ने धारणाको विकास भईरहेको पाइन्छ । ग्रामिण क्षेत्रका अभिभावकहरुले गुणस्तरीय शिक्षाका लागि भन्दै आफ्ना छोराछोरीहरुलाई शहरतर्फ केन्द्रित गरीरहेका हुन्छन् । जनतन एस।इंई तहसम्मको अध्ययन् गाउँमै गरेपनि त्यसमाथिको अध्ययन्का लागि बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागि शहरतर्फ धकेलेको देखिन्छ ।

यस्तो अवस्थामा ग्रामिण क्षेत्रमै निःशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको आवश्यकता देखिन्छ । यसलाई महशुस गदै गुल्मीमै पहिलो पटक ग्रामिण क्षेत्रमा सञ्चालन भएको जिल्लाको एक क्याम्पसले निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसले सो निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त यस क्याम्पसले शैक्षिक शत्र २०७६ देखि स्नातकतहमा अध्ययन् गर्ने बिद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । क्याम्पस सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले यस्तो निर्णय गरेको त्यस क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताउनुभएको छ ।

यस शैक्षिक शत्रदेखि सो क्याम्पसमा स्नातकहतहमा अध्ययन् गर्ने बिद्यार्थीले त्रिभुवन विश्वविद्यालयले तोकेको रजिस्ट्रेशन शुल्क बाहेक अब अन्य शुल्क र्तिनुपर्ने छैन् । यतिमात्र होइन् क्याम्पसले बर्षेनी अध्ययन्कै लागि शहर झर्ने प्रवृत्तिको अन्त्यका लागि थप विभिन्न निर्णयहरु गरेको छ ।

क्याम्पसमै आधारभूततहको कम्प्युटर सिक्न चाहने बिद्यार्थीहरुलाई निःशूल्क कम्प्युटर शिक्षा प्रदान गरीने छ । सो क्याम्पसमा अध्ययनरत् रही लोकसेवा आयोग जस्ता परिक्षाको तयारीका लागि जुट्ने बिद्यार्थीका लागि पनि आवश्यक पर्ने सम्पुर्ण पुस्तक तथा सहायता सामाग्री निःशुल्क नै उपलब्ध गराइने निर्णय भएको छ ।

ग्रामिण क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुलाई हित हुने गरी थुप्रै निर्णय भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो ‘आर्थिक व्यवस्थापनको पाटो अलि जटिल हो । तर पनि यसको निकाश खोज्ने छौँ ।’ यहि भदौ १८ गतेदेखि विभिन्न कार्य विभाजन गरी व्यावसायी तथा प्रतिष्ठित व्यक्तित्वहरुसँग सहयोग सङकलन् गरीने उहाँले बताउनुभयो ।

क्याम्पसका भौतीक पूर्वाधार निर्माणको कार्य अझै बाँकी रहेकाले स्थानीय,प्रदेश र संघीय सरकारको सहयोगमा सो कार्य पुरा गरिने अध्यक्ष भण्डारीको भनाई छ । क्याम्पसमा थप नयाँ बिषयका सकांयहरु थप्ने बिषयमा छलफल समेत भएको उहाँले बताउनुभयो ।

‘गाउँमा ठुलो रकम खर्चिएर क्याम्पस त खोलिए तर बिद्यार्थी भने शहरतरि झर्न थाले ।’ भण्डारीले भन्नुभयो ‘जनतन माध्यामिक तहसम्म अध्ययन् गरे पनि त्यसमाथि पढ्न शहर नै झर्छन् ।’ यसलाई रोक्नका लागि पनि स्नातक तहमै निःशुल्क शिक्षा प्रदान गर्न लागिएको भण्डारीले बताउनुभएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता