गुल्मीका अपाङगलाई सोलुखुम्बु बाट ५५ हजार आर्थिक सहयोग !



डि.बि खड्का ,भदौ ८ गुल्मी

हिमाल पहाड तराई कोही छैनौँ पराई हामी नेपाली नेपाल हाम्रो यो महान् वाणी र गायक स्वरूप राज आर्चायले गायको गीत पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ आँदी आए तराईमा पहाडले छेक्नुपर्छ । यो महान् वाणी र यो देश भक्ति गीत नेपाली समाजको विभिन्न समय परिवेशमा भनाई र गीतमा मात्र सीमित नभई वास्तविकता समेत बनेको छ । जसको पछिल्लो उदाहरण हो नेपालको पूर्व क्षेत्रमा पर्न सोलुखुम्बु जिल्ला बाट प्रदेश नम्बर पाँचको पहाडी जिल्ला गुल्मी मा पठाइएको आर्थिक सहयोग रकम ।

एकै परिवारका चार जना अशक्त

गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दीनेटाको एक पीडित परिवारको कथा जिल्लाको चर्चित गुल्मी टेलिभिजनले प्रसारण गरेपछि सोलुखुम्बु जिल्लाको लुखुपिक गाउँपालिका वडा नम्बर पाँच घर भई हाल बेल्जियम बस्दै आएका तहकपा शेर्पा र छोटी शेर्पाले ५५ हजार आर्थिक साहयता रकम प्रदान गरेका हुन । उक्त घर परिवारका चारै जना सन्तान जन्मजात अपाङग हुँदा उक्त परिवार बिचल्लीमा परेको थियो ।

५५ हजार आर्थीक सहयोग गर्न सोलुखुम्बु जिल्लाको लुखुपिक गाउँपालिकाका तहकपा शेर्पा र छोटी शेर्पा

तहकपा शेर्पा र छोटी शेर्पा सहित विभिन्न ठाउँ बाट जुटेको करिब एक लाख रकम आइतबार त्यस वडा का वडा अध्यक्ष तेजकान्त अर्याल र सचिव खेमलाल पन्तको सहभागीतमा टेलिभिजनले अशक्तको घरमै गएर रकम हस्तान्तरण गरेको हो ।साथै उक्त रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र वडा कार्यालय सँगै गाउँ पालिका बाट पनि थप सहयोग गर्न बताइएको छ ।

यस अघि पनि सोलुखुम्बु जिल्लाको जुनबेसी घर भई हाल अमेरिका बस्ने आङ फुर्वा लामा र छिरिङ शेर्पाले छोराको जन्मदिनको अवसरमा नगद रू २५ हजार रुपैयाँ आर्थिक सहायता रकम प्रदान गरेका थिए ।
सल्लेरी खबरका प्रदेश सम्वाददाता तथा टेलिभिजनका समाचार प्रमुख डी.बि खड्का र टेलिभिजनका कार्यकारी प्रमुख दीपक नेपाली तथा सुमन पन्थीले उत्पादन गर्दै आएको उक्त कार्यक्रमबाट गुल्मी जिल्लाका धेरै पीडितहरूले आर्थिक, तथा कानुनी राहत समेत पाउँदै आएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता