गुल्मीको धुर्काेटमा २२ बर्षिया युवा मृत फेला !



हुमाकान्त पोखरेल, गुल्मी मंसिर २८ ।

गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक गोपेमा एक युवा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ बर्षिय कमल खत्री घरनजिकै मृत अवस्थामा फेला परेको छिमेकी रामु खत्रीले जानकारी दिए ।

उनी शुक्रबार साँझ कुलपुजाका पाहुनालाई खाना खुवाएर घरबाहिर निस्केका थिए । शनिबार बिहान ६ बजेतिर स्थानीयहरू बाटो हिड्दा कमलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले वस्तु प्रहरी चौकी घटनास्थलमा गइसकेको छ भने पुर्कोटस्थित इलाका प्रहरी चौकि घटनास्थलमा जाँदैछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता