गुल्मीमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु !



अनिल खत्री , २२ कात्तिक, गुल्मी ।

गुल्मीमा जिपको ठक्करबाट शुक्रबार एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर(२ पिपलधारामा लु १ ज १७१२को जिपको ठक्करबाट सोही ठाउँका ७३ वर्षीय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताए ।

ब्याक गर्नेक्रममा घर्तीलाई जिपले ठक्कर दिएको थियो । जिपको ठक्करबाट घाइते भएका घर्तीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको रावलले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता