गुल्मीमा सालझण्डी–पटौती–खज्र्याङ्ग–तम्घास –ढोरपाटन सडक :सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया ,सत्तापक्षले जनाएन सहभागिता



सन्तोष महतारा
गुल्मी, २७फागुन । 

गुल्मीमा सालझण्डी–पटौती–खज्र्याङ्ग–तम्घास–ढोरपाटनसडकआयोजनाको स्तर उन्नतितथानिर्माण सम्बन्धमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । वर्तमान समयमा केन्द्र सरकार , प्रदेश सरकार र स्थानिय सरकारले ध्याननदिएको भन्दै उद्योग वाणिज्य संघ गुल्मीले चाँसो देखाउँदै सर्वदलीय सर्वपक्षीय कार्यक्रमको आयोजना गरेको उद्योग वाणिज्य संघ गुल्मीले जानकारी दिएको छ ।

कार्यक्रममा धेरैजसो सहभागीहरुले यस सडकखण्ड राजनिति प्रतिशोधका कारण ओझेलमा परेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा जिल्लाबाट नेपाल कम्युनिष्ठ पाटीले सहभागी जनाएन। त्यतिमात्रै होइन सदरमुकाम नै समेटेर बनेको रेसुङ्गा नगरपालिकाले पनि कार्यक्रममा सहभागी नजनाएको पाइएको छ । त्यस्तै जिल्ला समन्वय समिति गुल्मीले पनि सहभागी जनाएन् । नगरपालिका , समन्वय र पाटीसँग सम्पर्क गर्दा अर्को कार्यक्रमआजै ज्टेको प्रतिक्रिया दिएका छन् । तर सहभागीहरुले नेपाल कम्युनिष्ठ पाटीको जिल्लाबाट कसैको सहभागी नहुनु यो सडकमा असहयोग भएको बताएका थिए ।

नेपाली काङ्ग्रेस पाटी सभापति भुवन प्रसाद श्रेष्ठले अन्तर क्रियाकार्यक्रम धेरै राम्रो बताएका छन् । हरेक विकासमा राजनिती हुन्छ तर यो सडक भोटका लागिखोलिएको हैन उनले कार्यक्रममा बताएका थिए ।
गुल्मी जिल्लामा सडकको बिषयमा पहिला देखि नै चाँसो नदिएकाकारण अस्तब्यस्त भयो । जनप्रतिनिधिले कुनै चाँसो नदेखाएका कारण यो सडक पछाडि परेको हो । एउटा पाटीको सत्ताहुदाँ सुुरु गरिएको ट्रयाक अर्को पाटी सत्तममाआउँदा वास्था नगरिनु दुखत बिषय भएको छ । राजनिती गरेर कुनै व्याक्तिले कसैलाई पछाडि पारेर अघि जाने सोचले जिल्ला नै पछाडि परेको कार्यक्रममा सभापति श्रेष्ठले बताएका थिए । यो सडक जिल्लाको समृद्धिको रुपमा जोडिएको बताउँदै सभापति श्रेष्ठले यो सडकको लागिअहिले निर्वाचित जनप्रतिनिधिले ध्यानदिनआवश्यक रहेको उनको भनाई थियो । हरेक कुरामा उद्योग वाणिज्य संघले महत्वपूर्ण काम गरेको भन्दै सबै एकै ठाउँमा भएर विकास गनुपर्ने उनको भनाई रहेको थियो ।

 

समाजवादी पाटीका प्रतिनिधि घनश्याम पाण्डेले राजनीतिक प्रतिशोध काकारण नै यो सडक पछि परेको बताए । विकासकाकाममा राजनिती गरेकै कारण यस्तो अवस्था छ । गुल्मीको पर्यटकीय विकासका लागि सिद्धबाबा नै एक प्रतिशोध हो । उनले कार्यक्रममा भनेका थिए । नेकपाबाट सहभागीनभएको भन्दै उनले यो सडकमा नेकपाको असहयोग रहेको प्रष्ट हुने बताए । सिद्धबाबाको अर्को विकल्प नै यो सडक हो । नेकपायसमा सहभागी नहुनु दुखत बिषय हो । उनको भनाई थियो ।

नेपाली काङ्ग्रेस सिचब खिलध्वज पन्थीले सिद्धबाबाले धेरैले ज्यानलिएको भन्दै यो सडकखण्ड धेरै महत्त्वपूर्ण हुने बताए । सिद्धबाबामा धेरैको ज्यानगएको छ । ९६ किलोमिटर बाटो बनाउन १० बर्षकुनुपर्ने यो कस्तो अवस्था हो । एक किलोमिटर बाटो पिच गर्न ३ करोड चाहिन्छ यो बजेट एकदमै कम भयो ।कम्तिमा एक दुई अर्ब छुट्टाएमा मात्रै बल्लहाम्रा सपना साकार हुने पनन्थीको भनाई रहेको थियो । हामी सबै विकासमाआग्रहपुर्वाग्रह नराखौँ । सबै सहयात्रा गरौँ । सिद्धबाबाबाट छुटकारा पाउन यो सडक विस्तार गरौँ ।नेपाली काङ्ग्रेस सिचब खिलध्वज पन्थीलेआफ्नो धारण प्रस्तुत गरेकाथिए ।

नेपाल पत्रकारमहासंघ जिल्ला शाखा गुल्मीकाअध्यक्ष नबराज भुषालले आफुहरुले समाचार लेख्ने मात्रै होइनयस सडकमालागि परेर यो योजनामा अगाडि बढ्ने बताए । यस सडकमा राजनीतिक भयो अबयसमा राजनिति भेदभाव नहोस् । अध्यक्ष भूषालले कार्यक्रमा सो कुरा बताएका थिए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिब पत्रकार टोपलाल अर्यालले यो छलफल पनिपहिलेकै जस्तो हुन्छ कि , प्रतिनिधिहरु धेरै हुनुपर्ने ।यसमा सरोकारवाला कै उपसिस्थत नभएको बताएका थिए । यही सडकको बिषयमा धेरै ठाउँमा छलफल भए पनिप्रगति शुन्य रहेका कारण यो छलफल पनि त्यस्तै नहोस् भनेर कार्यक्रममा सुझाब प्रस्तुत गरेकाथिए ।
यस्तो महत्वपूर्ण कार्यक्रममा नगरपालिका , समन्वय , नेकपाले ध्यान दिएन । जिम्मेवार संघसंस्था व्याक्ति नै उपस्थितन भएको भन्दै उपस्थितिले चर्को आलोचना गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता