गुल्मीमा सिमलटारी गोल्ड कप सुरु ,आयोजकको विजय सुरुवात !



डि.बि खड्का, कात्तीक १० गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर आठ सिमलटारीमा सिमलटारी गोल्ड कप प्रतियोगिता – २०७६ सुरु भएको छ । “स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्ला भरका ११ वटा क्लबको सहभागिता रहेको छ । शुक्रवार मालिका गाउँ पालिका वडा नम्बर आठका वडा अध्यक्ष टीका बहादुर जिसिले एक समारोहका साथ प्रतियोगिताको उद्घाटन गरेका हुन ।

तस्वीर / विजय क्षेत्री ।

प्रतियोगितामा आयोजक सिमलटारी फ्रेन्ड्स क्लब {बि} र सिद्धार्थ क्लब छापहिलेले विजय सुरुवात गरेका छन् । शुक्रवार सप्पन्न खेलमा आयोजक सिमलटारी फ्रेन्ड्स क्लब बि ले हिमालयन क्लब धुर्कोट लाई ३/० ले पराजित गरेको हो । सिमलटारी फ्रेन्डस क्लब को जितमा अन्जन क्षेत्री ,विशाल घर्ती मगर र सन्तोष शर्माले १/१ गोल गरे । त्यस्तै यता महेन्द्र नमुना माध्यमिक विद्यालय सिद्धार्थ क्लब छापहिले सङ २/० गोल अन्तरले पराजित भएको छ । खेलको १८ औँ र ३६ औँ मिनेटमा रोबन घर्ती मगर गोल गर्दै सिद्धार्थ लाई जित दिलाएका हुन ।

फुटबल खेल र खेलाडीहरुलाई उचित प्रर्वधन गर्न उद्देश्यले प्रतियोगिताको आयोजना गरिको खेल संयोगजक सुनिल जिसि ले बताए । प्रतियोगिता आइतबार सम्म चल्ने छ भने विजेताले नगद २० हजार सहित ट्रफी र उपविजेताले नगद दस हजार रकम प्राप्त गर्न छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता