गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव पारित



माघ १९ ,काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय समितिको बैठकले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ ।
केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम अब नेकपाका उपाध्यक्ष बनेका छन ।

वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय सर्वसम्मत पारित गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।
गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता