चार अर्बको अलैँची निर्यात



नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ।

आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए।

अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलुक निर्यात हुने गरेको छ। प्रति मन (४० केजी)को हाल बजार मूल्य २८ हजार रुपैयाँ रहेको महासङ्घका महासचिव सुभाष भट्टराई बताउँछन्। केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ।

९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जिएसटी’ छुट गरे तापनि नेपाली अलैंचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराई बताउँछन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता