छ वटा स्थानीय तह बिच सरकार सञ्चालन सम्बन्धी अनुभव आदान- प्रदान !



डि.बी खड्का मङिसिर १० गुल्मी ।

गुल्मीमा छ वटा स्थानीय तह बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको इस्मा गाउँपालिकाको आयोजनामा दुई नगरपालिका र चार वटा गाउँ पालिका बिच स्थानीय सरकार सञ्चालन सम्बन्धी अनुभव आदान – प्रदान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

देश सङ्घीय संरचनामा गए सँगै स्थानीय तहमा गरिएका विविध विकास निमार्णका कार्य सँगै स्थानीय तहका गतिविधि ,  र स्थानीय सरकार सञ्चालन सम्बन्धी आ- आफना स्थानिय तहमा गरिएका कार्य बारे जानकारी लिन कार्यक्रमको आयोजना  गरिएको इस्मा गाउँ पालिकाकी उपाध्यक्ष विमला खत्रीले बताईन ।

अन्तरक्रिया कार्यक्रममा छ वटा स्थानीय तहका प्रमुख , उप – प्रमुखले आ – आफना गाउँ पालिका र नगरपालिकाका गतिविधि बारे जानकारी गराएका थिए । साथै अन्तरक्रिया कार्यक्रममा विकास निमार्णका कार्यमा एकरूपता र पारदर्शिता हुनु पर्ने मा जोड दिएका थिए ।
अन्तरक्रिया कार्यक्रम छ वटा स्थानीय तहका प्रमुख उप- प्रमुख, प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्षहरू प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय प्रमुख लगायतको विशेष सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता