डब्लु आइसीसीले जुटायो, ८ लाख बढिको आर्थिक सहयोग !!



कौरव खत्री ,गुल्मी ११ मंसिर ।

गुल्मीको वामीमा डब्लु आइसीसी (wicc) ले खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम र गाँउको मन्दिर निर्माणका लागि ८ लाख भन्दा बढि आर्थिक सहयोग जुटाएको छ ।
हाल रोजगारीको शिलशिलामा बिश्वभर छरिएर रहेका साविकको वामी गाविस वडा नं। ९का वामीबासीहरुले आउँदो मंसिर २४ देखि २६ गतेसम्म सञ्चालन हुन गइरहेको खुल्ला पुरुष भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको लागि ८ लाख भन्दा बढि आर्थिक सहयोग संकलन भएको डब्लु आइसीसी  संस्थाका संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिए ।

खेलकुद र साँस्कृतिक कार्यक्रम मार्फत संकलित बचत रकमले मुसिकोट नगरपालिका ७ वामी माईका थान मन्दिर निर्माण कार्यमा रकम सहयोग गरिने संस्थापक अध्यक्ष थापाले जानकारी दिए ।
साथै मुसिकोट नगरपालिका ७ साविकको वामी गाविस वडा नं ९का वामीवासीहरु हाल रोजगारीको शिलशिलामा बिश्वभर छरिएर आफ्नो जन्मभूमि र गाँउ ठाँउको विकासमा पु¥याएको सहयोग प्रशंसनीय रहेको आयोजकले सबै आर्थिक सहयोगीहरुलाई धन्यवाद दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता