त्रिशुलिया घाटमा बस पल्टियो : २० जनाको घटनास्थलमै मृत्यु, ३० घाइते !



असोज १४

 त्रिशुलिया घाटमा बस पल्टिएपछि २० जनाको घटनास्थलमै मृत्यु भएको छ । जानकारी अनुसार ३० जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर भएको हुँदा मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ । आज अपरान्ह ४ बजे आसपास (स्थानीय समय अनुसार) अम्बाजी राजमार्गमा जाँदै गरेको बस त्रिशुलुया घाटको बन्डमा पल्टिँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । चालकलाई निन्द्रा लागेका कारण बस पल्टिएको हुन सक्ने अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना भएको समयमा पानी परेको थियो । सडक देख्नै नसकिनेगरी देखिएको थियो । यात्रुहरु यसरी च्यापिएका थिए कि बसमा फसेकाहरूलाई बाहिर निकाल्न क्रेनहरू बोलाइएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । मोदीले भन्नु भएको छ, ‘बनासकंठा (गुजरात) बाट अत्यन्त नराम्रो समाचार पाँए । सडक दुर्घटनामा भएको मृत्युबाट म धेरै दुःखी छु ।

एजेन्सीको सहयोगमा

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता