दुबै खुट्टा नचल्ने गुल्मीकी सीतालाई घर उपहार !



भदौ १३ गुल्मी ।

जन्मजात अपाङ्गता भएकी रेसुङ्गा नगरपालिका गुल्मीकी सिता पन्थीलाई सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले घर निर्माण गरिदिएका छन् ।
जिल्ला सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका(७ सुकुम्बासी लाइन बस्ने दुबै खुट्टा नचल्ने पन्थीका लागि तम्घासको पुतलीबजारमा अपाङ्गमैत्री घर निर्माण गरिएको हो ।बृद्धा आमासँग कष्टपूर्ण अवस्थामा बस्दै आएकी पन्थीका लागि तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको सक्रियतामा अन्य संस्थाको सहकार्यमा घर निर्माण गरिएको हो ।
तस्वीर ,अन्लाईन खबर बाट

सदरमुकाम नजिकै रहेर पनि निकै जीर्ण अबस्थामा रहेको घरमा बस्दै आएको थाहा पाएपछि तम्घास उदिनढुंगा निवासी अम्बीका श्रेष्ठले घर निर्माणका लागि बिभिन्न संस्थासँग सहकार्य गरेकी थिइन् ।
आशा अपाङ्ग केन्द्रसँग सहकार्य गरेसँगै घर निर्माणको लागि अभियान चलाइएको थियो । समाजसेवी श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर रेसुङ्ग नगरपालिका, प्रदेश ५ सामाजिक विकास मन्त्रालयसहित झण्डै ५० जनाभन्दा बढी व्यक्ति र संस्थाको सहयोगमा घर निर्माण सम्पन्न भएको छ।
घर निर्माणमा ४ लाख बढी रकम खर्च भएको बताइएको छ । नयाँ घरको एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिका गुल्मीकी उपमेयर सिता भण्डारीले हस्तातरण गरेकी छन् ।

अन्लाईन खबर बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता