धुर्कोटको धनमुढा होमस्टे पुगेका बिष्टको मगर समुदायका कलाकार द्धारा भव्य स्वागत



प्रेम सुनार, गुल्मी २०७६ फागुन २ ।

नेपाल कम्युनिष्ट पार्टी  नेकपाका नेता तथा गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधी सभा सदस्य गोकर्णराज बिष्टले गृह जिल्ला गुल्मीको धुर्कोट गाउँपालिकामा सञ्चालन हुन लागेको धनमुढा मगर सामुदायिक होमस्टेमा पुगेर त्यहाँको मगर सास्कृतिको रमझम संग रमाएका छन् ।धुर्कोट गाउँपालिका वडा नम्वर ३ साविक हाडहाडे गाविसको धनमुढा गाउँमा धुर्कोट गाउँपालिकाले धनमुढा मगर सामुदायिक होमस्टे संचालन गर्न लागेकोले पुर्व मन्त्री समेत रहेका बिष्ट त्यसको अवलोकनमा पुगेका थिए नेता बिष्टको स्वागत–सत्कार गर्दै होमस्टे सञ्चालक समितिले हाडहाडेको प्रशिद्ध सोरेठी नाच , बाँसुरीको तालमा नाचिने गर्रानाच , सालैजो , कौडा नाच मगर समुदायका कलाकाहरुले पस्केर राती अबेर सम्म मनोरञ्जन प्रदान गरेका थिए ।


कलाकाहरुले आफु संगै नाच्न पटक पटक कर गरे पनि उनले आफु नाच्न नजानेको भन्दै ताली मात्रै बजाउँदै भने–‘ मन भित्र भित्रै झुमेको छ , नाचुँ–नाँचु पनि लागिरहेको छ तर नाच्नका लागि जति कोशिस गरे पनि मेरा खुट्टा उठेनन् यसर्थ अर्को चोटी आउँदा नाच सिकेर आउने छु र संगै झुमौला ।उनले होमस्टे सञ्चालनका लागि आबश्यक बजेटका लागि धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल लगायत संग के कति लाग्छ भन्ने कुरा एकिन गरेर आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेलले पहिलो बर्ष ८ लाख रुपैयाँ रकम विनियोजन गरिएको , होमस्टे अध्यान भ्रमण , आबश्यक भाँडा कुँडा र सोरेठी टोलीका लागि बाद्यबाद्यन खरिद गरिएको । दोश्रो बर्ष १० लाख रकमले अतिथी सत्कार गृहको भवन निर्माण सुरु गरिएको , यस बर्ष ५ लाख सहित करिव २५ लाख खर्च भई सकेको बताए ।

निर्माणाधीन अतिथी गृहमा आगन्तुकलाई मगर सास्कृतिबाट मनोरञ्जन दिन थालिए पनि पुर्ण रुपमा सम्पन्न हुन सकेको छैन । हाललाई १० घर बाट अस्थाई रुपमा होमस्टे सञ्चालन गरिएको छ । प्रत्येक घरमा चार जना सम्म पाहुनका लागि सुत्ने ब्यवस्था मिलाईएको छ ।
होमस्टे सञ्चालन गर्ने घर बाहेकका छिमेकी १७ घरधुरीमा १ लाख रुपैयाँ छुट्टाएर लोकल कुखरा पालन गर्न लगाईएकोले त्यसको माग पुरा गर्न सकिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष लुमबहादुर पहराईले बताए ।

‘अहिले बिदेश नागरिकहरुका लागि सुविधा सम्पन्न सुत्ने कोठा र शौचालय निर्माण गर्न सकिएको छैन तर नेपाली नागरिकका लागि अस्थाई रुपमा होमस्टे सञ्चालन भई रहेको छ’– अध्यक्ष पहराईले भने–‘नवलपरासी र स्थानिय सहित दुई ठुलो समुह आई सकेका छन् । सदरमुकाम तम्घास , छिमेकी जिल्ला प्युठान र अर्घाखाँचीबाट दैनिक दुई चार जना आउने जाने गर्न थालेका छन । ’

होमस्टेमा नेकपाका नेताहरु बुद्धि जिसी, हिरा एसी, गणेश श्रीपाली , देविराम अर्याल, नरेश भण्डारी , राजेन्द्रविक्रम कुँवर सहित दर्जनौ पुगेका थिए । सदरमुकाम तम्घासबाट करिव ३० किलो मिटर दुरीमा पर्ने त्यस होमस्टेमा गाडीमा दुई घण्टामा पुग्न सकिन्छ ।

ार्मिक पर्यटकिय स्थलको रुटका हिसावले त्यो स्थान सबैतिरको बिच भागमा पर्दछ । लुम्विनी , रुरु क्षेत्र, रेसुङ्गा तपोभुमि, वस्तुको विचित्र गुफा हुँदै त्यस होमस्टेमा बास बस्ने पर्यटकहरु करिव आधा घण्टाको दुरीमा पर्ने अर्घाखाँचीकोे प्रशिद्ध मालारानी मन्दिर रहेको छ । यता गुल्मीको पुर्कोटदहको कंकेदेउरालीमा पनि आधा घण्टाको दुरीमा पुग्न सकिन्छ । उता सुपा देउराली जान चाहे करिव ३ घण्टा र यता प्युठानको गौमुखी मन्दिर क्षेत्र, उता स्वर्गद्धारी तर्फ पनि जान सकिन्छ ।

गुल्मी जिल्लामा पहिलो होमस्टे मुसिकोट नगरपालिकाको कुर्घामा स्वाँरा होमस्टे गुरुङ्ग समुदायले सञ्चालन गर्दै आएका छन । दोश्रो कालिगण्डकी गाउँपालिकाले १० घर गुरुङ्ग समुदायबाट होमस्टे सञ्चालन गरेको छ । धनमुढा होमस्टे तेश्रो हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता