नेपाली काँग्रेस गुल्मीद्धारा वामीमा स्व.काफ्लेप्रति श्राद्धाञ्जली सभा सम्पन्न



कौरव खत्री गुल्मी ६ भदौ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीको आयोजनामा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य कल्पना घिमिरेका पिता तथा नेपाली काँग्रेसका क्रियाशिल सदस्य बयोवृद्ध मुसिकोट नगरपालिका ७ वामी निवासी स्व.थानेश्वर काफ्लेप्रति आज ५ औ दिनको पूण्यतिथिका अवसरमा वामी काफलटोलामा नेपाली काग्रेस गुल्मीद्धारा शद्धाञ्जली सभा सम्पन्न गको छ ।

शोक सभा कार्यक्रलाई सम्वोधन गदै नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले स्वर्गीय थानेश्वर काफ्लेले पार्टीमा रहेर प्रजातन्त्र र पार्टीका एक सच्चा र इमान्दार एक अभिभावकको निधनले सिङ्गो नेपाली काँगे्रस पार्टी ठूलो क्षती पुगेको बताए ।
साथै सोही शद्धाञ्जली सभामा नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका पार्टी उपसभापति बिष्णु बलाल,नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका पार्टी सचिव खिलध्वज पन्थी,नेपाली काँग्रेस मुसिकोट नगरकार्य समिति गुल्मीका संयोजक शुर्दसन शाक्य, नेपाली काँग्रेस मुसिकोट नगरपालिका छाँया सरकारका संयोजक झविलाल भण्डारी,मुसिकोट नगरपालिका वडा नं.७ का कार्यबहाक सभापति तेजिन्द्र जिसी, मुनपा वडा नं.९ का सभापति टिकाराम सापकोटा लगायलले स्व. काफ्लेले समाज र पार्टीलाई पु¥याएको योगदानको चर्चा तथा परिचर्चा गदै शोक मन्तव्य राखेका थिए ।
शद्धाञ्जली सभा कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारी,भातृ संगठनका प्रमुख एव प्रतिनिधि,नेपाली काग्रेस मुसिकोट नगर कार्यसमिति तथा विभिन्न वडाका सभापति एवं प्रतिनिधिहरु शुभेच्छुक नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
शद्धाञ्जली सभा कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठको सभापतित्व तथा पार्टी सचिव बिष्णु कुमारी सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता