पर्यटन मन्त्री गिरि द्वारा मालिका गाउँ पालिकाको अनुगमन !



डि.बि खड्का मंसिर ८ ।

प्रदेश नम्बर पाँचका उद्योग,पर्यटन ,वन  तथा वातावरण मन्त्री लीला गिरिले जिल्लाको मालिका गाउँ पालिकाको अनुगमन गरेका छन् । आइतबार मन्त्री गिरि सहित प्रदेश संसद् दिनेश पन्थी, खड्क केसि सहितको टोलीले गाउँ पालिकाको अनुगमन गरेको हो । अनुगमन कार्यक्रममा बोल्दै मन्त्री गिरिले विकास निमार्ण कार्य लाई प्रभावकारी बनाउन सुझाव दिएका छन् । सङघियता कारण धेरै स्रोत साघन गाउँमा गएको बताउँदै त्यसलाई सही सदुपयोग गर्नु पर्ने मा उनले जोड दिएका थिए । भने मालिका गाउँ पालिकाका अध्यक्ष रित बहादुर थापाले मालिका गाउँ पालिकाका समस्याहरू प्रस्तुत गरेका थिए । मालिका गाउँ पालिकामा स्रोत साधन न्यून सम्भावना बढी रहेको बताउँदै यसमा प्रदेश सरकाले सहयोग बढाउनु पर्ने उल्लेख गरेका थिए । सडक अभावका कारण मालिका गाउँ पालिका विकट गाउँ पालिका भनेर चिनिन परेको उनको गुनासो थियो । भने मालिका गाउँ पालिकाले पर्यटकिय क्षेत्रमा गरेका विभिन्न गतिविधि बारे थापाले मन्त्री गिरिलाई जानकारी समेत गराएका थिए । यता प्रमुख प्रसाशकिय अधिकृत दीपक भण्डारीले मालिका गाउँ पालिकाका समस्या राख्ने अवसर जुटेकोमा खुसी व्यक्त गरेका छन् ।

करिब दुई घण्टा चलेको अन्तरक्रिया तथा छलफल कार्यक्रम मालिका गाउँ पालिकाका जन प्रतिनिधि तथा कर्मचारीको उसाह जनक सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता