पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा गुल्मीका सागर !!



भदौ १४
गुल्मीका सागर ढकाल पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा पर्न सफल भएका छन् ।
स्पिनर सागर ढकालले पछिल्लो समय उमेर समुह र घरेलु प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
तस्वीर सल्लेरी खवर,बिकास अर्याल
सागरले गत जुलाईमा मलेसियामा सम्पन्न यू१९ एसिया इस्टर्न रिजन छनोटको प्रतियोगितामा नेपाललाई च्याम्पियन बनाउन ४ खेलमा १५ विकेट लिदै ‘म्यान अफ द सिरिज’ चुनिएका थिए । उक्त प्रतियोगितामा उनको इकोनमि रेट १।९ थियो । उनले चीनविरुद्ध ६, हङकङविरुद्ध फाइनलमा ५ र मलेसियासँग ३ विकेट लिएका थिए ।जुन प्रर्दशनले उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सम्म पुग्न सहज बनायो । त्यस्तै तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई जिताउन ६ खेलमा ८ विकेट लिएका थिए । गत फागुनमा सम्पन्न धनगढी प्रिमियर लिग ९डीपीएल० मा महेन्द्रनगर युनाइटेडलाई उप विजेता बनाउन ८ खेलमा ११ विकेट लिएका थिए ।
हाम्रो खेलकुद बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता