बाँदरले मकैबारी सखाप बनाउन थालेपछि अर्घाखाँचीका कृषकहरु चिन्तित !



सुरज घिमिरे,अर्घाखाँची

अर्घाखाँचीमा बाँदरले मकैबारी सखाप बनाउन थालेपछि कृषकहरु चिन्तित बनेका छन । जिल्लाका विभिन्न गाँउहरुमा बादरले मकै लगायतका अन्नबाली सखाप पार्न थालेको हो । बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दापनी अन्नबाली जोगाउन नसकिएको कृषकहरुको गुनासो छ ।

बाँरद नियन्त्रण गर्न स्थानीय सरकारले पहल पनी गरेको थियो । सन्धिखर्क र छत्रदेव गाँउपालिकाले एकबर्ष अँघि गाँउ–गाँउमा बाँदर हेरालुको समेत व्यवस्था गरेका थिए । बाँदर हेरालुको ब्यबस्था गर्दापनि बाँदर नियन्त्रण गर्न नसकिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो । बाँदर नियन्त्रण गर्न धेरै उपायहरु अपनाएपनी केही सिप नलनगेको र कुनै नयाँ उपाय भए सन्धिखर्क नगरपालिका अवलम्बन गर्न तयार रहेको नगरप्रमुख भुसालको भनाई छ ।
सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, खाबडाँडा, वाङ्गला, डिभर्ना, भुमिकास्थानको धनचौर, ढिकुरा, पाणिनि गाँउपालिका, मालारानी गाँउपालिका र छत्रदेव गाँउपालिकाका अधिकांस गाँउहरुमा बाँदरले अन्नबाली सखाप पारेको छ ।
जिल्लाको अत्याधिक वनक्षेत्र भएको शितगंगा नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरसंगै दुम्सी र बँदेलले समेत अन्नबालीमा क्षती पुराएको छ ।
मंगलवार मकैबारीमा पसेको बाँदर धपाउने क्रममा अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक जनाको ज्यान समेत गएको थियो । घरको बारीमा मकै खान आएको बाँदर लखेट्ने क्रममा मालारानी गाउँपालिका–२, मरेङ्गका ३६ बर्षिय विजय केसीको ज्यान गएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता