बालुवाटार काण्डमा दोषी ठहरे जोसुकै लाई पनि कारबाही हुन्छः मन्त्री ज्ञवाली !



डि.बि खड्का

साउन,३२ गुल्मी ।
नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले बालुवाटार जग्गा प्रकटमा दोषी ठहरे जो सुकै लाई पनि कारबाही हुने बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवाली । दायाँ तर्फ रेसुङगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल,बायाँ तर्फ पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल ।तस्वीर डि.बि खड्का

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीले शनिवार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा मन्त्री ज्ञावलीले सो कुरा बताएका हुन् । बालुवाटार जग्गा प्रकटको अनुसान्धन भइरहेको छ र यसमा दोषी ठहरे जोसुकैलाई पनि कारबाही हुने उल्लेख गरेका थिए । बालुवाटार जग्गा प्रकटमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललाई कारबाही हुन्छ की हुँदैन र नाम मुछिए पछि नैतिकताको आधारमा महासचिव पद बाट राजीनामा दिनुपर्छ की पर्दैन भन्ने प्रसङगमा मन्त्री ज्ञावलीले यस्तो प्रतिक्रिया दिएका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवाली । दायाँ तर्फ रेसुङगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल,बायाँ तर्फ पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल ।तस्वीर डि.बि खड्का

फरक प्रसङगमा विप्वल माओवादीले हिंसाको बाटो छोडेर राजनीतिमा आए रातो कार्पेट बिच्छाएर स्वागत गर्न बताएका छन् । बम विस्फोट साथै विप्लवका हिंसात्मक गतिविधि सरकारलाई सह्यै नहुने स्पष्ट समेत पारेका छन् । साथै सत्यवतीका पहिरो पीडितहरूलाई छिटै व्यवस्थापन गर्न उल्लेख गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता