बेसाहारा वृद्वा दम्पतिलाई नव निर्मित घर हस्तान्तरण !




कौरव खत्री बाग्लुङ्ग ९ भदौ ।
बाग्लुङ्ग ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले विपन्न वर्गका परिवारको समृद्विका लागि जनप्रतिनिधीले भाषण होईन व्यवहारमा काम गरेर देखाउनु पर्ने बताए ।
गलकोट नगरपालिका वडा नं ९ मल्म छिसका वृद्वा बेसाहारा राम्जाली दम्पतिलाई घर हस्तान्तरण गदै नगरप्रमुख नेपालीले यस्तो बताएका हुन ।


न्यू नवज्योति युवा क्लव मल्मको पहल कदमी तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपालीको २ लाख आर्थिक सहयोगमा उक्त घर निर्माण गएिको थियो ।  घर हस्तान्तरण कार्यक्रममा गलकोट नगरपालिका वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटा,घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशले शुभकामना मन्तव्य राखेका थिए ।
बेसाहारा राम्जाली परिवारको सामुदायिक रेडियो गलकोट एफ एम १०२.४ मेगाहर्जले केहि महिना पहिले समाचार प्रसारण गरेपछि सामाजिक संस्था घुम्टे युवा परिवार मल्मले खाद्यान्न र विस्तारा सेट सहयोग  प्रदान गरेको थियो ।
त्यस्तै स्थानीय स्तरमा विभिन्न सामाजिक क्रियाकलाप सक्रियतामा न्यू नव ज्योति युवा क्लव मल्मले राम्जाली परिवारको घर बनाईदिने योजना तय गरेको थियो ।

संस्थाको २३ औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिका रुपमा आएका ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपालीले अभियान सफल पार्न आर्थिक सहयोग गर्ने घोषणा गरे अनुसार आज सोमवार हस्तान्तरण गरिएको न्यू नवज्योति युवा क्लवका अध्यक्ष सुरेन्द्र केसीले बताए ।
साथै  यस अघि वृद्वा दम्पतिलाई क्लवले खाद्यान्न समेत सहयोग गरेको क्लवका पुर्व अध्यक्ष होम थापाले जानकारी दिए । घर निर्माण भएपछि राम्जाली परिवार खुसी भएका छन । भने  घर निर्माणको जिम्मा स्थानिय पत्रकार मित्र खरेललाई दिएको थियो ।
नव निर्मित घर हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि,न्यू नवज्योति युवा क्लवका प्रतिनिधीहरु,समाजसेवी, पत्रकार, स्थानियबासी लगायतको सहभागिता  रहेको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नं ९ का वडाअध्यक्ष तेज बहादुर थापाको अध्यक्षता तथा छिस युवा परिवारका कोषाध्यक्ष विदुर खरेलको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार मित्र खरेलले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता