भारतिय हस्तक्षेपको अनेरास्ववियूद्वारा विरोध !



हुमाकान्त पोखरेल, गुल्मी ,२१ कार्तिक 

नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटी गुल्मीले प्रेस विज्ञप्ति जारी गरेको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालका विभिन्न भु भागहरू मिचिएको भन्दै त्यसको विरोधमा प्रेस विज्ञप्ति जारी गरेको हो । संगठनका संयोजकद्दय भरत चन्द र राजेन्द्र विक्रम कुवँर द्दारा हस्ताक्षरित विज्ञप्तिमा एकपक्षिय ढङ्गले भारतले जारी गरेको नक्सा सच्याउन माग गरेको छ ।

 

भारतले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता तथा अखण्डतामाथि हस्तक्षेप गर्न खोजेको भन्दै त्यसको विरोध गरेको छ । नेपाल आफ्नो भुमिको रक्षा तथा राज्य संचालनमा सक्षम रहेको भन्दै अनेरास्ववियूले भारतले गरेको यो अन्याय सह्यय नहुने बताएको छ । त्यसका लागि सबै नागरिक आ९आफ्नो ठाँउबाट जागरुक हुन पनि अनेरास्ववियूले आग्रह गरेको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता