मालिकामा लैगिक हिंसा विरुद्धको अभियान सञ्चालन !!



मङ्सिर १३ गुल्मी ।
जिल्लाको मालिका गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ ।
गाउँ पालिकाले पालिकामा रहेका ८ वटै वडामा अभियान सञ्चालन गरिने मालिका गाउँ पालिकाका उपाध्यक्ष देवा अर्यालले जानकारी गराईन् । अर्यालका अनुसार पहिलो दिन मालिका गाउँपालिका १ नेटामा लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा सहभागी महिलाहरूले मदिरा सेवनले हिंसा बढाएको बताए । उनीहरूले मदिरामुक्त वडाका लागि गाउँपालिकालाई पहल गर्न आग्रह समेत गरेका छन् ।

सोही वडामा महिलाहरू घरभित्रै दविएर बस्नुपर्ने ,छोरा र छोरीमा समान व्यवहार नगर्ने लगायतका विषयमा छलफल भएको थियो । मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले हिंसा न्यूनीकरण गर्न स्थानीय महिला जागरुप हुनुपर्ने उल्लेख गरे । थापाले बालविवाह पहिलो समस्या रहेको बताउँदै बाल विवाह रोक्न सबै लाग्नुपर्ने थापाको भनाई छ । यस्तै मालिका गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक देवा अर्यालले लैगिंक हिंसा कसैले नगर्ने र नसहने हो भने हिंसा न्यूनीकरण भएर जाने बताइन् । न्यायिक समितिको संयोजक समेत रहेकी उनले गाउँमा हिंसा भए न्यायका लागि गाउँपालिका आउन कार्यक्रमका सहभागीलाई आग्रह गरेकी छन् । अभियान प्रत्येक वडामा ८ दिन सम्म चल्ने पालिकाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता