मालिका गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन !



सन्तोष महतारा १६ कार्तिक , गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन भएको छ ।गाउँपालिकाको वडा नम्बर ५ छापहिलेमा शनिवार निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

त्यस्तै आइतबार गाउँपालिकाको वडा नम्बर ६ अर्जेमा निशुल्क आँखा शिविर संचालन हुने भएको छ भने आउँदो २७ गते गाउँपालिकाको वडा नम्बर १ नेटामा र २८ गते वडा नम्बर ३ ह्वाङ्दीमा शिविर संचालन गरिने मालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वसन्त भुषालले जानकारी दिएका छन् ।

आज सम्पन्न भएको छापहिलेको निशुल्क आँखा शिविरमा करिब दुई सयले आँखाको चेक गराएको छापहिले स्वास्थ्य चौकीका इन्चार्ज देब बहादुर महताराले जानकारी दिएका छन् ।

जसमा ९३ जना महिला र ७३ जना पुरुषले आँखाको चेक गराएका छन् । शिविरमा मोतियाविन्दु भेटिएका लाई आउँदो मंसिर २ र ३ गते मोतियाविन्दुको निशुल्क अप्रेसन गरिने मालिका गाउँपालिका गुल्मीले जानकारी दिएका छन् ।मोतियाविन्दुको अप्रेसन गर्न गाउँपालिकाले आवतजावतमा पनि सवारी पठाएर सहयोग गर्ने स्वास्थ शाखा प्रमुख बसन्त भुषालले बताएका छन् ।

शिविरमा ६ बर्षदेखि ८८ बर्षसम्मका नागरिकले आँखाको चेकजाँच गराएका थिए । शिविरमा २५ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो । मोतियाविन्दु देखिएकाहरुको मंसिर २ र ३ गते गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा निशुल्क रुपमा अप्रेसन गरिने छ ।छापहिलेका चुरा बहादुर बिष्ट ७६ बर्षका भए । आँखा उपचार गर्न कुनै आर्थिक अवस्था थिएन , एक बर्षपछि झन् समस्यामा परे । गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्यो , त्यही अवसरमा आफुपनि चेकजाँच गर्नआएको उनले बताए ।

उनले गाउँपालिका मै निशुल्क रुपमा आँखा अप्रेसन गर्न पाउँदा खुसी लागेको बताए । उनले २ गते गाउँपालिकामा आँखाको निशुल्क अप्रेसन गर्ने छन् । सरिता सुनार भरखरै ११ बर्षकि भइन् । सानैमा आँखाको समस्या देखियो । उपचार गर्न आर्थिक अवस्था कमजोर थियो । उनले निशुल्क रुपमा आँखाको चेकजाँच गर्न गाउँमै पाइन् ।स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दे गाउँपालिकाले निशुल्क रुपमा आँखाको शिविर राखेको स्वास्थ शाखा प्रमुख वसन्त भुषालले जानकारी दिए ।

शिविरमा गाउँपालिका उपप्रमुख देवा अर्याल रिजालको प्रमुख आतिथ्यता , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीको बिशेष आतिथ्यता सँगै नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीका प्रमुख सुर्य बहादुर बस्नेत को उपस्थिति तथा वडाध्यक्ष श्यामलाल गिरीको अध्यक्षता तथा छापहिले स्वास्थ्य चौकी इन्चार्ज देब बहादुर महताराको स्वागत मनतब्य तथा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वसन्त भुषालको संचालनमा शिविर सम्पन्न भएको थियो ।

शिविरमा घमिर , अर्जे सम्मका पनि सहभागी भएका थिए । शिविर नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मी को प्राविधिक सहयोगमा संचालन भइरहेको छ ।साथै छापहिले स्वास्थ्यचौकीको आइतबार नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णबिष्टको उपस्थितिमा उद्घाटन हुने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता