मालिका गाउँपालीकामै पहिलो पटक शैक्षिक महोत्सव !



डिबि खड्का, भदौ २२, गुल्मी ।

गुल्मीको मालिका गाउँपालीकाको एक विद्यालयमा धार्मिक तथा शैक्षिक महोत्सवको आयोजना गरिने भएको छ । गाउँपालीका वडा नम्बर आठ मा रहेको मालिका माध्यमिक विद्यालयमा महायज्ञ आयोजना गर्न लागिएको हो ।मालिका माद्यामिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सन्चालानार्थ गुल्मी सिमलटारी मालिका शैक्षिक तथा धार्मिक महोत्सवको आयोजना गरिने भएको हो । आउदो असोज २६ देखि कात्तिक ३ गते सम्म महायज्ञ सन्चालन गरिने महायज्ञ मुल समारोह समितिका संयोजक टीका बहादुर जिसिले बताए ।

महायज्ञमा विराट धन धान्य महापर्व ,पितृ मुक्तिको पुजा, राष्ट्रिय कलाकारबाट भजन कृतन, झाकी, श्रीमत भागवत कथा प्रवचन, योग आयुर्वेद प्रवचन ,गैदान, रुद्री पाठ, चौरासी पुजा, व्रतबन्ध, जस्ता विविध कार्य गरिने आयोजकले बताएको छ । मालिका मावी शैक्षिक महोत्सव गर्ने गाउँपालीकाको पहिलो विद्यालय हो । स्मार्ट मालिका मावी तथा प्राविधिक शिक्षा सन्चालानार्थ आयोजना गरिएको महायज्ञ मालिका गाउँपालीकामै पहिलो विद्यालय बन्न सफल भएको छ । मालिका गाउँपालीकाका कुनैपनि विधालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सन्चालनकालागि यस भन्दा अघि कुनै धार्मिक महोत्सवको पनि आयोजना गरिएको थिएन ।

गुल्मीको पचशिम क्षेत्रको शैक्षिक धरोहरको रुपमा स्थापित मालिका माध्यमिक विद्यालयलाई स्मार्ट तथा प्राविधिक मैत्री बनाउने उद्देश्यले महायज्ञको आयोजना गरेसँगै यहाँका समाजसेवी तथा शिक्षा प्रेमीहरुमा खुसी छाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता