मालिका मावि द्वारा सिगों एक पुस्तालाई बिदाइ !



 

डिबि खड्का माघ ९ गुल्मी । 

गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका माध्यमिक विद्यालयले सिगों एक पुस्तालाई बिदाइ गरेको छ । जिल्लाको पश्चिम क्षेत्रको शैक्षिक धरोहरका रूपमा रहेको उक्त विद्यालयले बिहीबार ३३ वर्ष सम्ममा सोही विद्यालयमा अध्यापन गराएका शिक्षक होम बहादुर पौडेललाई बिदाइ गरे सँगै विद्यालयले एक पुस्तालाई नै बिदाइ गरेको हो ।
वि।स २०३३ साल वैशाख १६ गते देखी मालिका माध्यमिक विद्यालय बाट शिक्षण पेसा सुरु गरेका पौडेल वि।स २०४८ साल असार १६ गते स्थायी शिक्षक बन्न सफल भएका थिए ।
एउटै विद्यालयमा लामो समय सम्म अध्यापन गराएका पौडेल शालीन र गम्भीर स्वभावका शिक्षकका रूपमा समेत परिचित छन् ।
नेपाली राजनीति, सामाजिक भिन्नता,शिक्षकको व्यवहार तथा भौगोलिक सुगमता र दुर्गमताका कारण ६ \ ६ महिनामा शिक्षक सरुवा गर्ने प्रविृत्तिका बाबजुद पनि एउटै विद्यालयमा ३३ वर्ष सम्म अध्यापन गराई अवकाश लिने एक उदाहरण शिक्षक समेत बन्न सफल भएका छन् ।
बिहीबार एक कार्यक्रमका बिच पौडेललाई फुलमाला तथा मायाको चिनो प्रदान गरी बिदाइ गरिएको हो ।

पुरानै मालिका मावि रहला त ?

वि।स २०१६ सालमा स्थापना भएको मालिका गाउँ पालिका वडा नम्बर आठ स्थित् मालिका माध्यमिक विद्यालय जिल्लाको पश्चिम क्षेत्रै शैक्षिक धरोहरको रूपमा रहेको विद्यालय हो । अहिले पनि यस विद्यालयमा मालिका ,मदाने,इस्मा,धुर्कोट गरी चार गाउँ पालिकाका करिब ६ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
पुरना तथा अनुभवी शिक्षकहरुले क्रमशः अवकाशको बाटो रोज्दै गर्दा पुरानै शैक्षिक गुणस्तर कायम गर्ने मालिका माध्यमिक विद्यालयलाई चुनौतीको विषय बन्ने देखीन्छ ।
छोटो समयमै ठुलो सफलता पाएको मालिका माविलाई यही रफ्तारमा अगाडी बढाउन नयाँ पुस्तालाई पक्कै पनि चुनौतीको विषय बन्न सक्छ । किनकि सरकारी स्कुलको खस्कँदो शैक्षिक गुणस्तर र बोर्डिङ स्कुलको मोहले पक्कै पनि मालिकाको रफ्तारमा चुनौती ल्याउनेछन् । पछिल्लो समय सरकारी स्कुलको नतिजाले स्वयं सरोकारवाला नै बेखुसी छन् । नयाँ पुस्ताले समाहलेको मालिका माविको भविष्य कता जाने हो रु त्यो भने र्हेन बाँकी छ ।

प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयको तयारी ।

गुल्मीमा पछिल्लो समय प्राविधिक शिक्षाको लहर चलेको छ । कतै सरकारी अनुदान त कतै अभिवाक बाट चंन्दा जुटाएर भए पनि प्राविधिक शिक्षा मा जोड दिन थालिएको छ । त्यस्तै मालिका माध्यमिक विद्यालमा पनि प्राविधिक शिक्षा सञ्चालानर्थ असोज २७ गते देखी कात्तीक चार गते सम्म शैक्षीक तथा धार्मीक महोत्वसको आयोजना गरी करिब ६५ लाख रकम सङ्खकलन समेत गरिएको छ । सैद्धान्तीक शिक्षालाई भन्दा प्राविधिक शिक्षालाइ जोड दिएको विद्यालयको भनाइ छ । गाउँ पालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षालय नहुदाँ गाउँ पालिका प्राविधिक शिक्षा विहिन जस्तै बनेको छ । प्राविधिक शिक्षा सञ्चलानको नागरिक स्तर बाट समेत चासो दिनु सकरात्मक पक्ष हो । भने सरकार बाट सहुलियत हुन आवश्यक छ ।
दुई नगरपालिका ,दश गाउँ पालिका सहित १२ वटा स्थानीय तह रहेको गुल्मीमा १४५ वटा माध्यमिक विद्यालय रहेका छन् । मालिका गाउँ पालिकामा बाहेक सबै स्थानीय तहमा कम्तीमा पनि एक एक वटा प्राविधिक शिक्षालय रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता