मुसिकोट नगरपालिका द्धारा नि ःशुल्क स्वास्थ्य शिविर सप्पन्न, स्थानीय हर्षित।



डिबि खड्का माघ १० गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर सातमा नि ःशुल्क स्वास्थ्य शिविर सप्पन्न भएको छ । मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शिविर सप्पन्न भएको हो । शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच , अब्टेट्र्किक फिष्टुला तथा पाठेघर खसेका महिलाहरुको लागि रिङ्ग पेशरी ,जन्मान्तरको लागि आईसिड सेवा प्रदान गरिएको नगरपालिका स्वास्थ्य शाखाका संयोजक डिबि जिसिले जानकारी दिए । एकदिने शिविर बाट मुसिकोट नगरपालिकाका विभिन्न वडाका करिव एक सय ३५ जनाले सेवा लिएका थिए ।

शिविरमा पाठेघरको मुखको क्यान्सर ९३ जनाको जाँच गरिएको थियो भने, पाठेघर घर खसेका १० जना महिलाहरुको लागी रिङ पेशरी राखिएको थियो। साथै शिविर बाट २८ जना महिलाले इम्पायट र दुई जनामहिलाले आयुसिडीको सेवा लिएका थिए। शिविरमा गुल्मी अस्पताल तम्घासमा कार्यरत डाक्टर कमला श्रीस, मेरिस्टपमा बाट सुजता थापा,तथा रमा थापाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । यसरी आफ्नै घर आगनमा जटिल रोगको नि शुल्क उपचार पाउँदा स्थानीय हर्षित बनेका छन । त्यस्तै यता मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पनि ठुला रोगको उपचार नागरिकले आफनै घरदैलोमा प्राप्त गरून् भन्ने उदेश्यले शिवर संचालन गरिएको बताएका छन । आगमी दिनमा पनि यस्ता शिविरले निरंतरता पाउने उनको भनाई छ । शिविरको मुसिकोट नगरपालिका वडा नम्बर सातका वडा अध्यक्ष प्रकाश काफ्लेले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । शिविरको महत्त्व तथा उद्देश्य बारे स्वास्थ्य संयोजक डिबि जिसिले प्रकाश पारेका थिए भने पुष्कर गौतमले कार्यक्रमको संचालन गरेका हुन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता