मुसिकोट नगरपालिका द्धारा अपांगता परिचय पत्र वितरण



डिबि खड्का फागुन ५ ।

गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण कार्यको सुरुवात गरेको छ । सोमबार देखी परिचय पत्र वितरण कार्यको सुरुवात गरिएको मुसिकोट नगरपालिकाले जानकारी दिएको छ ।

सोमबार नगरपालिकाको वडा नम्वर १,२,३ र ४ का फरक क्षमता भएका २३ जनालाई परिचय पत्र वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक डिबि जिसिले जानकारी दिए । क वर्गको परिचय पत्र दुई जनलाई प्रदान गरिएको छ । भने जसमा एक महिला र एक पुरुष रहेका छन् ।

त्यस्तै ख वर्गको परिचय पत्र १७ जनलाई प्रदान गरिएको छ । भने ग वर्गको परिचय पत्र चार जनालाई प्रदान गरिएको संयोजक जिसिले उल्लेख गरे ।
कुल चार वटा वडामा ३६ जना फरक क्षमता भएका व्याक्तीले अपांगता परिचय पत्रको लागी आवेदन भरेका थिए ।
नेपाल सरकारको नियम अनुसार क वर्गको अपांगता परिचय पत्र पाउने व्याक्तीले मासिक तीन हजार र ख वर्गको परिचय पत्र पाउने व्याक्तीले मासिक ६ सय रुपैया बराबर आर्थीक साहयता रकम प्रात्त गर्ने गर्दछन् ।


यता मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले ” ग र घ वर्गको अपांगता परिचय पत्र पाउने व्याक्तीलाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ”  ।  “ग र घ वर्गका फरक क्षमता भएका व्याक्तीलाई नगरपालिकाले क्षमता अभिवृद्धी कार्यक्रम सञ्चालन गर्ने उदघोष समेत गरेका छन् “।
अपांगता परिचय पत्र वितरण कार्य भोली सम्म चल्ने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता