मुसिकोट नगरपालिका प्रमुख सहित ३ जना जनप्रतिनिधिहरु जापान भ्रमणमा !



अनिश शर्मा गैरे ,गुल्मी ६ भदौ ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा सहित ३ जना जापान भ्रमणमा निस्केका छन् । नगरप्रमुख सापकोटा सहित वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्ले,र वडा नम्बर ८ का अध्यक्ष नारायण सापकोटा जापान भ्रमणमा निस्केका हुन् । उनीहरुको आज दिउँसो २ बजे जापानको लागि फ्लाइट रहेको छ ।

 

 

वामी सेवा समिति जापान, लगायतका बिभिन्न प्रवासी नेपालीहरु संलग्न रहेका संस्थाहरुको निमन्त्रणमा जनप्रतिनिधिहरु बिदेश भ्रमणमा निस्केका हुन् ।
मुसिकोट नगरपालिका घर भइ जापानमा कार्यरत मुसिकोट बासीहरु सँग अन्तरक्रिर्या गर्ने र उनीहरुको लगानी गाँउमै राख्ने बिषयमा भ्रमणको अवसरमा छलफल गरिने नगरप्रमुख सापकोटाले बताए ।
उनका अनुसार आउने भदौ १० गते ९२७ तारीख० मा जापानमा बिशेष अन्तरक्रिर्यात्मक कार्यक्रम राखीएको छ । भ्रमण १५ दिने रहने बताइएको छ ।
भ्रमणको खर्च प्रवासी नेपालीहरुले व्यवस्था गर्ने नगरप्रमुख सापकोटाले बताए । ‘यसमा नगरपालिकाको कुनै खर्च छैन’ उनले भने ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता