मोटरसाइकल दाइजो दिन नसकेपछि विहे रोकियो



फागुन २८ ।

विहेको लागि मण्डप बनिसकेको थियो । एकदिन अघि देखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतिक्षा गर्दै थिए बेहुला अब आउँछ यस्तो समयमा धनुषामा एउटा बिहे रोकेको छ । विहे रोक्नुका कारण केटापक्षले मागेको दाइजो नदिनु नै रहेको छ ।धनुषाको नगराईन नगरपालिकाको जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विहे धनुषाकै भुतही निवासी रोहित सदाको २१ वर्षीय छोरा सुशिल सदासँग फागुन २५ गते हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण बेचनीले मोटरसाइकल दिन नसकेपछि सुशिल सदा विवाह गर्न नै आएनन् । ऋण काढेर सबै तयारी गरेपनि विवाह नै नभएपछि बेहुलीपक्ष मारमा परेका छन् ।

साहुसँग चर्को व्याजमा ३ लाख रुपैयाँ ऋण काढेर सम्पूर्ण तयारी गरेपनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न समियानाहरु पनि लगाइएको थियो । हामी भन्दै थियो पैसाको व्यवस्था भएन विहेपछि मोटर साइकल दिन्छु तर केटा पक्षले मानेनन बेचनीले वताइन ।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटना के रहेछ आफूले बुझीरहेको बताउँदै दोषीलाई समातेर कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने–‘बेहुली पक्षले यदि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामीले बेहुला पक्षमाथि कारबाही गर्छौं ।’
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशीत छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता