रगतको अभाव परिपुर्ती गदै गोर्खाली आकस्मिक रक्तदाता समाज !!



भदौ १९ बुटवल ,

गोर्खाली युवा सशक्तीकरण संस्थाले आजदेखि गोर्खाली आकस्मिक रक्तदाता समाज रुपन्देहीको शुभारम्म गरेको छ । रगतको अभाबमा कसैको पनि ज्यान नजाओस् भनेर अभियान थालिएको हो । विहिवार नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खांण र नेकपा जिल्ला सचिव निर्मल जिसिले संयुक्त रुपममा गोर्खाली आकस्मिक रक्तदाता समाज रुपन्देहीको उद्घाटन गरेकका हुन् ।

संस्थाले रगत अभाब हुन नदिन रक्तदाता जुटाएर आवश्यक पर्ने व्याक्तीलाई रगत उपलब्ध गराउने संस्थाका अध्यक्ष भरत पुरीले बताए । बुटवलमा एक औपचारिक कार्यक्रम गरि “गोर्खाली आकस्मिक रक्तदाता समाज रुपन्देहीको उद्घाटन गरिएको हो । समाजमा विभिन्न किसिमका रचनात्मक ढंगबाट महान कार्यहरु गर्दै आएको उक्त संस्थाले मानवीय उत्तरदायी पूरा गर्न समाजका युवाहरू हरेक क्षेत्रहरूमा अग्रसर हुन जरुरी रहेको संस्थाका अध्यक्ष भरत पुरीले उल्लेख गरे ।

संस्थाका संरक्षक नरेश्वर पौडेल, उपाध्यक्ष भरत जंग क्षेत्रीको स्वागत मन्तव्य र सचिब केशब खनाल को संचालन थियो मा कार्यक्रम सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता