रुख घरको औपचारिक रूपमा उद्घाटन !



डि.बि खड्का मङिसर ७ ।

गुल्मीको रेसुङगा नगरपालिका वडा नम्बर सात मा रहेको ९रुख घर ० अर्थात् ट्री हाउसको शनिवार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । रुख घरलाई प्रदेश नम्बर पाँचका उद्योग पर्यटन ,वन तथा वातावरण मन्त्री लीला गिरिले उद्धघाटन गरेका हुन् । उद्घाटन कार्यक्रम बोल्दै मन्त्री गिरिले पाँच नम्बर प्रदेशका सबै पर्यटकीय क्षेत्रको योजनाबद्ध रूपमा विकास गर्नै बताएका छन् । साथै पछिल्लो समय प्रदेश सरकार खर्चिलो भएको भन्दै आलोचना भएको भन्दै गुनासो गरेका छन् ।

प्रदेश सरकारले कानुन बनाएर मात्र काम गर्नु पर्ने हुँदा ढिला र खर्चिलो भएको उनको भनाई थियो । सदरमुकाम तम्घास सँगै सम्रग गुल्मी जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुराउने उद्देश्यले ट्री हाउसको निमार्ण गरिएको हो ।

प्रदेश सरकारको १२ लाख र स्थानीयको १ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लागत रहेको छ । भदै तीन गते देखी सञ्चालनमा आएको ट्री हाउस गुल्मी, अर्घाखाँची बागलुङ प्युठान,रोल्पा स्याङ्जा का गरी प्रन्ध्र हजार भन्दा बढीले अवलोकन गरेको वडा नम्बर सातका वडा अध्यक्ष मोहन पाण्डेले बताए ।

४२ फुट अग्लो टरी हाउस बाट गुल्मीको रेसुङा , अजुर्न डाँडा , तम्घास बजार साथै छिमेकी जिल्ला अर्घाखाँचीका सुन्दर दृश्य देख्न सकिन्छ । निकै पर्यटकीय सभावान् रहेको उनायचैरमा पवित्र धार्मिक स्थल समेत हो । सडकको राम्रो व्यवस्था , खाने पानी, तथा बस्ने होटलको अभाव रहेको आन्तरिक तथा बाह्य पर्यटकको गुनासो रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता