लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु सभापती उम्मेद्वारमा गुल्मीका सुरज



माघ २० बुटवल ।
विस २०४९ साल ११ महिना ८ गते गुल्मी जिल्लाको मालिका गाउँपालिका दगासमा जन्मिएका सुरज क्षेत्री सानै देखी फुर्तिला र जोसिला व्याक्ती हुन । प्राथमिक तह सम्मको अध्ययन सिमलटारीमा रहेको किसानटारी आवसिय माबी बाट पुरा गरे । प्राथमिक तह पुरा गरिसकेपछी अध्ययनको लागि जिल्ला सदरमुकाम तम्घासमा झरे र माद्यामिक तह तम्घासको अर्जुन र आदर्श आवसिय माबी बाट पुरा गरे ।

तम्घास अध्ययनको सिलसिलामा बस्दा भेट हुन थालयो गुल्मीका जुझारु विद्यार्थी नेता धर्मराज पाण्डे , धर्म संग भेट हुँदांँ उनी नेबी संघको कुरा सुनेर लठिन्न थाले अन्तत उनले आफ्नो जीवन राजनीतिमै केही गर्ने भन्दै कक्षा ७ मा पढ्दा लिए नेबी संघको सदस्यता । जव उनले नेबी संघको सदस्यता लिए उनमा थप उर्जा पलायो त्यसइ क्रममा उनी त्यहाँको अध्ययन पुरा गरिसकेपछी झरे बुटवल र भर्ना भए लुम्बिनी बाणिज्य क्याम्पसमा ।

ब्यबस्थापना संकायको पश्चिम क्षेत्रकै ठुलो क्याम्पस बाणिज्य क्याम्पसमा २०६६ सालमै भर्ना भएपछी त्यहाँ विद्यार्थी नेता टंक पाण्डे संग भेटहुन थाल्यो र उनी टंक सँगै नजिक भए अन्तत २०६६ सालमै नेबी संघ लुम्बिनी बाणिज्य क्याम्पस इकाई सदस्य चुनिए । २०६६ देखी २०६८ सम्म निकै कठोर राजनैतीक यात्रा गरेपछी २०६८ मा इकाई उपा(ध्यक्षमा चुनिए सुरज ।

२०६८ देखी २०७२ सम्मको लामो विद्यार्थी यात्रा पछी नेबी संघ इकाई सभापती टंक पाण्डे नेबी संघको केन्द्रिय सदस्य उठ्ने कुरो भो अनी कार्यकाल सुरजको पल्लामा आयो र २०७२ सलमै उनी त्यहाका इकाई सभापति भए भने टंक पाण्डे केन्द्रिय सदस्यमा निर्वाचित भए । सुरज अहिले एमबिएस अध्ययन गर्दै छन ।

सुरज क्षेत्रीले आफ्नो कार्यकाल भित्र सुस्तामा राहत बितरण , भुकम्प पीडितको लागि राहत बितरण , भुकम्प प्रभाबित क्षेत्र दोलखामा पुगी खाद्यान्न हस्तान्तरण , निर्मलाको न्यायका लागि नेबी संघ इकाई बाणिज्य क्याम्पस बाट उल्लेख्य विद्यार्थीको उपस्थितीमा अभियान सञ्चालन लगायतका कार्य गरी विद्यार्थी , जिल्ला नेता र क्याम्पस प्रशासन संग निकै राम्रो सम्बन्ध बनाएका सुरज क्षेत्री नेबी संघ लुम्बिनी बाणिज्य क्याम्पसका स्ववियु उम्मेद्वार सर्बसम्मत चयन भएका छन ।

सवाल पोस्ट बाट लिएको

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता