सद्भाव र क्षेत्रीय एकता तथा समृद्व समाज निर्माणका लागि एकजुट हुनुपर्छ ः प्रदेश प्रतिनिधी कार्की



कौरव खत्री ,बाग्लुङ्ग १३ भदौ ।
क्षेत्री महिला समाज गलकोट नगरपालिका १ दुदिलाभाटीको आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिता एवं दरखाने कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा सम्वोधन गदै क्षेत्री समाज गण्डकी प्रदेश प्रतिनिधी सरस्वती रेग्मी कार्कीले जातीय सदभाव, क्षेत्रीय एकता र समृद्व समाज निर्माणमा क्षत्री समुदाय एकजुट हुनुपर्ने बताइन । साथै उनले क्षेत्री बन्धुहरुको एकतालाई थप बलियो हुने र आपसी सद्भाव बढ्ने बताइन ।

कार्यक्रमले सम्पूर्ण क्षेत्री महिलाहरुलाई सामाजिक एकता, सद्भाव सहित समृद्व समाज निर्माणमा प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

कार्यक्रमको अवसरमा भएको तीज गीत तथा नृत्य प्रतियोगितामा ९ समुहको सहभागिता मध्यमा सरस्वती माध्यमिक विद्यालय दुदिलाभाटी प्रथम, जनसेवा आमा समुह काफलठुटा द्वितिय र सिर्जनशिल आमा समुह भाटी बजार तृतिय भएका छन विजेता समूहहरुलाई पुरस्कारले सम्मान गरिएको थियो ।

सोही अवसरमा क्षेत्री समाज गण्डकी प्रदेशका सदस्य हर्क पाण्डे, क्षेत्री समाज गलकोट नगरपालिकाका वरिष्ठ उपाध्यक्ष छुम बहादुर थापा, गलकोट नगरपालिका वडा नं १ का वडाअध्यक्ष नेत्र बहादुर बुढाथोकी, क्षेत्री समाज गलकोट नगरपालिकाका संस्थापक सदस्य लक्ष्मी खडका, महिला जागरण केन्द्र दुदिलाभाटीका अध्यक्ष दुर्गा पुन, क्षेत्री महिला समाज गलकोटका सचिव माँया केसीले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै क्षेत्री समुदायबाट २०७४ को एसईई परीक्षामा सरसस्वती माध्यमिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने मिलन कुँवर, र २०७५ मा सर्वोत्कृष्ट अंक ल्याउने सुदिप खत्रीलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा संविधान उल्लेख महिला हिंसा, हक, अधिकार, समृद्व समाज निर्माणमा महिलाको भुमिका जस्ता सन्देश भाव बोकेका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागि सबैलाई सामुहिक दर खुवाईएको थियो ।

 कार्यक्रम क्षत्री महिला समाज गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटीका अध्यक्ष धना खत्रीको अध्यक्षता तथा क्षत्री समाज गलकोट नगर समितिका उपाध्यक्ष सुमित्रा कार्कीको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने समितिका सचिव कमला खड्काले गरेकी थिइन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता