सबै मिलेर तिजको मौलिक संस्कृतिलाई जोगाउनु पर्छ ःकार्यकारी अधिकृत भण्डारी



कौरव खत्री ,गुल्मी १३ भदौ ।
गुल्मीको मुसिकोट नगरपालिका ३ तोलादी स्थित तोलादी प्राथमिक विद्यालयले आयोजनामा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न भएको छ ।
तिजगित कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिका गुल्मीका कार्यकारी अधिकृत नवराज भण्डारीले हाम्रो तीजको मौलिक संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्नेमा जोड दिए ।
साथै कार्यकारी अधिकृत भण्डारीले तिजगितका माध्यमबाट समाजका विकृति र विसङ्गगतिलाई अन्त्य गर्नु पर्ने भन्दै तजिले मनोरञ्जनसँगै सामाजिक तथा महिला विकासको लागि अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका वडा सदस्य गणेश कुँवर, सुवेदार शंकर रायमाझी, नेपाली काग्रेस मुसिकोट नगरपालिकाका छाँया सरकार प्रमुख झविलाल भण्डारी, नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ देउरालीका प्रधानाध्यापक सुरेन्द्र नेपाली, जनजगृति माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ३ चौरका प्रधानाध्यापक रामप्रसाद आचार्य, सञ्चारकर्मी कौरव खत्री,लगायत शिक्षाप्रमी,कलाप्रमी,समाजसेवी महिला,युवा लगायतको सहभागिता रहेको थियो ।

तिजगित प्रतियोगितामा सहभागी अतिथिहरु

कार्यक्रम ५समूहको सहभागिा रहेको खुल्ला तिजगित प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ३ मैदान प्रथम,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ देउराली द्धितीय र जनजागृति माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ३ चौर तृतीय भएका छन् ।

तिजगित प्रतियोगितामा मतव्य राख्दै कार्यकारी अधिकृत भण्डारी

त्यस्तै बिहानी बाल क्लव मुसिकोट नगरपालिका ३ मैदान सान्त्वना भएको छ भने आयोजक तोलादी प्राथमिक विद्यालयल मुसिकोट नगरपालिका ३ तोलादी उत्कृष्ट भएको छ ।
विजेता सबै समूहहरुलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो ।

तिजगित प्रतियोगितामा नित्य प्रस्तुत गदै

कार्यक्रम तोलादी प्राथमिक विद्यालयल मुसिकोट नगरपालिका ३ तोलादीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसान मल्लको अध्यक्षता तथा मुसिकोट नगरपालिका गुल्मीका कार्यकारी अधिकृत नवराज भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तोलादी प्राथमिक विद्यालयल मुसिकोट नगरपालिका ३ तोलादीका प्रधानाध्यापक मधु मल्लको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सोही विद्यालयका शिक्षक अर्जुन परियारले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता