सिकाई उपलब्धी प्रभावकारी बनाउन मालिकामा शिक्षकलाई तालीम



डिबि खड्का फागुन ४ गुल्मी ।
सिकाई उपलब्धीलाई प्रभावकारी बनाउने भन्दै मालिका गाँउ पालिकाले तालीमको आयोजना गरेको छ । विभिन्न विषयका विषयगत शिक्षकलाई तालीम प्रदान गरिएको मालिका गाँउ पालिकाले जनाएको छ ।
गणित,विज्ञान,अग्रंजी तथा सामाजिक विषयका शिक्षकलाई तालीम प्रदान गरिएको मालिका गाँउ पालिकाका सुचना प्रविधी अधिकृत जगत पौडेलले बताए ।


आईतवार देखी विज्ञान विषयको पाँच दिने तालीम सुरु भएको मालिका गाँउ पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
मालिका गाँउपालिका भित्रका विभिन्न विद्यालयका २६ जना विज्ञान शिक्षकको तालमीमा सहभागीता रहेको छ । भने पाल्पाको टमकडा माध्यमिक विद्यालयका विज्ञान शिक्षक इन्द्र बहादुर श्रेष्ठले शिक्षकहरुलाई प्रशिक्षण दिएका छन् ।
प्रशिक्षण बाट सिकाई उपलब्धीमा सुधार गर्ने,विद्यार्थी समस्या समधानमा मद्धत पुराउने ,नयाँ प्रविधीबाट पठनपाठनको सुरुवात गर्ने जस्ता लक्ष्य मालिका गाँउ पालिकाकले लिएको अधिकृत भण्डारीले उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता